संघर्षलाई निरन्तरता
२६ वर्षको उमेरमै गाविस अध्यक्ष निर्वाचित भएका थिए, भुवनप्रसाद श्रेष्ठ । गुल्मी जिल्ला, रेसुङ्गा–१, तम्घासमा २०२३ असोज २२ गते जन्मिएका श्रेष्ठको परिवारका सदस्यहरू नेपाली कांग्रेसमा सक्रिय थिए ।
सानैदेखि राजनीतिमा रुचि राख्ने उनले नेपाली विद्यार्थी संघबाट राजनीति आरम्भ गरे । विद्यार्थी राजनीतिबाट नेपाल तरुण दल हुँदै २०४९ मा महाधिवेशन प्रतिनिधि छानिए । पार्टीको जिल्ला सभापति हुँदै हाल लुम्बिनी प्रदेश उपसभापति छन् ।
२०४९ सालमा तम्घास गाविस अध्यक्ष निर्वाचित भए । २०७४ सालको स्थानीय चुनावमा रेसुङ्गा नगरपालिकाको मेयरमा पराजित भए । २०७९ सालको चुनावमा प्रदेश सभा सदस्य बन्ने चाहना पूरा भएन । १४ हजार २८५ मत ल्याएर एमालेका उम्मेदवार निर्वाचित हुँदा श्रेष्ठको भागमा १३ हजार २३६ मत पर्यो ।
गुल्मी २ मा श्रेष्ठसँग एमालेका गोकर्ण विष्ट, नेपाल कम्युनिष्ट पार्टीका श्रीराम महत, राष्ट्रिय स्वतन्त्र पार्टीका गोविन्द पन्थी लगायतले प्रतिस्पर्धा गरेका छन् । २०७९ मा यो क्षेत्रमा समानुपातिकमा एमालेले २५ हजार १३०, कांग्रेसले १८ हजार ४५१, माओवादी केन्द्रले ५ हजार ४३७, रास्वपाले ४ हजार २६३, एकीकृत समाजवादीले १ हजार ६०३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ८५२ मत ल्याएको थियो ।
भुवन प्रसाद श्रेष्ठ को उम्मेदवारि कस्तो लागयो ?


