पटक–पटकको हार बिर्साउने दाउमा यादव
पर्सा क्षेत्र नम्बर–३ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले यसपटक छोटेलालप्रसाद यादवलाई उम्मेदवार बनाएको छ। ४९ वर्षका यादव पर्सा बिन्दबासिनी गाउँपालिकाका स्थानीय हुन् र त्रिभुवन विश्वविद्यालय बाट स्नातकोत्तर अध्ययन पूरा गरेका छन् ।
राजनीतिक रूपमा यादव लामो समय एमाले अखिलबाट सुरु गरेका हुन्। २०५२ सालमा अखिलको आठौं जिल्ला अधिवेशनबाट सदस्य बनेका उनले २०५३ मा भएको स्ववियू निर्वाचनमा संगठनको कारबाही खेप्नुपरेको थियो । त्यसपछि २०६० सालमा माओवादी पार्टी प्रवेश गरे।
२०७० सालमा मधेशी जनअधिकार फोरम नेपाल बाट चुनाव लडे पनि हार व्यहोरे। त्यसपछि फेरि माओवादी र एमाले–माओवादी गठबन्धनबाट प्रदेश सभा सदस्यका लागि लडे, तर सफल भएनन् ।
२०७९ मा पनि सोही क्षेत्रबाट चुनाव हारिसकेका यादव यसपटक संघीय सांसद बन्ने लक्ष्य लिएर मैदानमा छन्।
यादवले आफ्नो विगतको अनुभव र क्षेत्रको राजनीतिक गल्तीको आलोचना गर्दै यसपटक सही नेतृत्वको आवश्यकता भन्दै मतदातालाई आह्वान गरेका छन् ।
उनी स्थानीय स्तरमा भिजेका नेता हुन् र पार्टी, क्षेत्रीय राजनीतिमा लामो समय सक्रिय भएको अनुभव उनको बल हो। तर विगतमा बारम्बार चुनावमा असफल हुनु उनको चुनौती पनि हो।
अनुकूलता
• स्थानीय राजनीति र क्षेत्रीय परिचयमा बलियो पकड
• विगत लामो समयसम्म सक्रिय राजनीतिक अनुभव
प्रतिकूलता
• अघिल्ला चुनावमा बारम्बार हारको इतिहास
• दल–परिवर्तनको लगातार अनुभवले नकारात्मक धारणा
• प्रतिस्पर्धीहरूमा नयाँ, ऊर्जाशील उम्मेदवार
छोटेलालप्रसाद यादव को उम्मेदवारि कस्तो लागयो ?


