विद्यार्थी राजनीतिबाट प्रतिनिधिसभातर्फको यात्रा
फडेरा २०७०–२०७४ सालमा फडेरा नेकपा एमाले प्रदेश कमिटी सदस्य बने। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुँदा २०७७ सालमा केन्द्रीय सदस्य बनेका उनी नेकपा एमालेको दशौँ र ११ औँ महाधिवेशनबाट समेत केन्द्रीय सदस्य पदमा निर्वाचित भएका छन् । फडेरा २०७४ सालमा अदानचुली गाउँपालिकाका प्रथम अध्यक्ष बने।
०००
नेकपा एमालेका नेता फडेरा २०४४ सालदेखि विद्यार्थी राजनीतिबाट सक्रिय छन्। स्नातक तहसम्मको अध्ययन पूरा गरेका उनी अनेरास्ववियु हुँदै पार्टीको केन्द्रीय सदस्य नेतृत्वसम्म पुगेका संघर्षशील नेता हुन्।
उनको राजनीतिक यात्रा अनेरास्ववियुको जिल्ला तथा अञ्चल समन्वय समितिबाट सुरु भएको थियो। २०५३ सालमा उनी नेकपा एमाले हुम्ला–काठमाडौँ सम्पर्क समिति अध्यक्ष बने। त्यसपछिका वर्षहरूमा उनी नेकपा एमाले कर्णाली सम्पर्क मञ्चका अध्यक्ष र सचिव पदमा पटक–पटक कार्यरत भए।
२०७०–२०७४ सालमा फडेरा एमाले प्रदेश कमिटी सदस्य बने। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हुँदा २०७७ सालमा केन्द्रीय सदस्य बनेका उनी नेकपा एमालेको दशौँ र ११ औँ महाधिवेशनबाट समेत केन्द्रीय सदस्य पदमा निर्वाचित भएका छन् ।
फडेरा २०७४ सालमा अदानचुली गाउँपालिकाका प्रथम अध्यक्ष बने। २०७९ सालको स्थानीय तह निर्वाचनमा उनले नेपाली कांग्रेसका मोहनबिक्रम सिहंसँग पराजित भए। उक्त निर्वाचनमा मोहनबिक्रम सिंहले १ हजार ९६८ मत ल्याए भने फडेराले १ हजार ३६३ मत ल्याएका थिए।
प्रदेशसभा निर्वाचनमा पनि फडेरा एमालेबाट उम्मेदवार बनेका थिए। उनले २ हजार ९९ मत प्राप्त गरे भने माओवादी केन्द्रका रणसिंह परियारले ६ हजार ४८१ र नेपाली कांग्रेसका मंगलबहादुर शाहीले ४ हजार ६३० मत प्राप्त गरे।
हाल फडेरा नेकपा एमालेबाट २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार बनेका छन्। लामो समयदेखि राजनीति र संगठनात्मक नेतृत्वमा संलग्न रहँदै आएका फडेरा संघर्षशील नेता र पार्टीको अनुभवी सदस्यका रूपमा परिचित छन्।
अनुकूलता
- दीर्घकालीन राजनीतिक सक्रियता
- अदानचुली गाउँपालिका अध्यक्षको अनुभव
- स्थानीय र केन्द्रीय दुवै तहको समझ
प्रतिकूलता
- निर्वाचनमा हारको अनुभव
- राजनीतिक प्रभावमा चुनौती
दल फडेरा को उम्मेदवारि कस्तो लागयो ?



