कानुन व्यवसायी सुवेदीको प्रतिनिधिसभा दौड
२०५१ सालदेखि कानुन व्यवसायमा आबद्ध सुवेदीले उच्च अदालत पाटन बार एसोसिएसनको कार्यसमिति सदस्य र नेपाल बार एसोसिएसनको कार्यकारी परिषद् तथा विभिन्न समितिहरूमा रहेर काम गरेका छन् ।
०००
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट सिन्धुली क्षेत्र नम्बर १ मा डेकेन्द्र कार्की प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन् ।
२०२६ साल माघ २६ गते सिन्धुलीको साविक टाँडी गाविस (हाल दुधौली नगरपालिका-११) मा जन्मिएका सुवेदी स्वर्गीय टेकप्रसाद सुवेदी र सोमकुमारी सुवेदीका छोरा हुन् । उनी तीन दशकदेखि राजनीति र कानुनको क्षेत्रमा क्रियाशील छन् ।
प्रारम्भिक शिक्षा सिन्धुलीबाटै सुरु गरेका सुवेदीले २०४६ सालमा एसएलसी उत्तीर्ण गरे । उनले त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक (बीएल) र समाजशास्त्र तथा मानवशास्त्रमा स्नातकोत्तर (एमए) गरेका छन् । साथै, वाणिज्य कानुन (कर्पोरेट ल) मा स्नातकोत्तर (एलएलएम) समेत पूरा गरेका छन् ।
सुवेदी २०५१ सालदेखि नै कानुन व्यवसायमा आबद्ध छन् । २०५७ सालमा अधिवक्ताको अनुमति प्राप्त गरेपछि उनी कानुनी क्षेत्रमा सक्रिय रहे । उनले उच्च अदालत पाटन बार एसोसिएसनको कार्यसमिति सदस्य (२०६१-२०६३) र नेपाल बार एसोसिएसनको कार्यकारी परिषद् तथा विभिन्न समितिहरूमा रहेर काम गरेका छन् ।
सुवेदीको राजनीतिक यात्रा भने २०४२ सालदेखि अनेरास्ववियु (पाँचौं) बाट सुरु भएको हो । २०४५ सालदेखि तत्कालीन नेकपा (माले) सँग आबद्ध भएका उनी २०४७ सालमा नेकपा (एमाले) को संगठित सदस्य बनेका थिए ।
उनले सिन्धुलीको स्थानीय न्यायिक समितिको सचिवदेखि नेकपा (एमाले) को सिन्धुली-काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष र जनकपुर अञ्चल सम्पर्क कमिटीको सचिवसम्मको जिम्मेवारी सम्हालेका छन् ।
पार्टी विभाजनपछि उनी माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी निकट कानुन व्यवसायी संगठन (एसपीएल) को केन्द्रीय अध्यक्ष र पार्टीको निर्वाचन आयोगको सदस्यसमेत रहे ।
हाल उनी नेकपा केन्द्रीय कार्यसमिति सदस्यका रूपमा सक्रिय छन् । उनी सोही पार्टीबाट सिन्धुली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको दौडमा छन् ।
अनुकूलता
- बलियो कानुनी र बौद्धिक पृष्ठभूमि
- राजनीतिक अनुभव र संगठनात्मक पकड
- स्थानीय जरा र क्षेत्रसँगको निरन्तर सम्बन्ध
प्रतिकूलता
- पार्टी विभाजन र राजनीतिक अस्थिरताको असर
- कानुन व्यवसायी छवि ‘एलिट’ का रूपमा बुझिन सक्ने
- प्रतिस्पर्धी उम्मेदवारसँग जनाधारको तुलना
डेकेन्द्र प्रसाद सुवेदी को उम्मेदवारि कस्तो लागयो ?


