Home Candidate खिमबहादुर थापा

दुई कार्यकाल पालिका हाँकेका थापा संघीय यात्राको दौडमा

स्याङ्जा - २ उम्मेदवार

खिमबहादुर थापा

नेकपा एमाले
पुरुष , ५७ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

विकास, लोकतन्त्र र स्थानीय आवश्यकताबीच सन्तुलन कायम गर्दै काम गर्न सकिने उनको विश्वास छ ।

०००

स्याङ्जा जिल्ला क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेका प्रत्यक्ष उम्मेदवार खिमबहादुर थापा स्थानीय राजनीतिमा परिचित नाम हुन् । कालीगण्डकी गाउँपालिकामा दुई कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालिसकेका थापा संगठन निर्माणदेखि विकासका व्यावहारिक कामसम्म सक्रिय नेताका रूपमा चिनिन्छन् ।

स्नातक तहसम्म अध्ययन गरेका थापा स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ का स्थायी बासिन्दा हुन् । सामाजिक र राजनीतिक गतिविधिमा सक्रिय बन्दै उनी स्थानीय तहको नेतृत्वसम्म पुगे ।

थापाको राजनीतिक यात्रा नेकपा एमालेसँगै जोडिएको छ । संगठन विस्तार र पार्टी सुदृढीकरणमा उनको भूमिका महत्त्वपूर्ण छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा निर्वाचित थापा २०७९ को निर्वाचनमा पनि पुनः अध्यक्ष बने । स्थानीय जनताबाट दोहोरिएको विश्वासलाई उनी आफ्नो राजनीतिक यात्राको महत्त्वपूर्ण आधार मान्छन् ।

अध्यक्षको कार्यकालमा थापाले स्थानीय विकास र आर्थिक गतिविधिलाई प्राथमिकता दिए । विशेषगरी कृषि व्यवसाय प्रवर्द्धन, स्थानीय उत्पादनलाई मूल्य श्रृङ्खलामा जोड्ने प्रयास र केला जस्ता कच्चा पदार्थ प्रयोग गरेर हस्तकला उत्पादनलाई प्रोत्साहन गर्ने कार्यक्रमहरू उनको कार्यकालका उल्लेखनीय पहल मानिन्छन् । यस्ता कार्यक्रमले स्थानीय रोजगारी र आम्दानी बढाउन सहयोग पुर्‍याएको स्थानीयको भनाइ छ ।

विवाद र आलोचनाबाट टाढै रहँदै आएका थापामा व्यावहारिक राजनीति र परिणाममुखी काममा विश्वास गर्ने नेता भनेर चिनिन्छन् ।

वैचारिक रूपमा थापा पार्टीको नीति र सिद्धान्तलाई मार्गदर्शन माने पनि जनताको हितलाई केन्द्रमा राखेर निर्णय गर्नुपर्ने धारणा राख्छन् । विकास, लोकतन्त्र र स्थानीय आवश्यकताबीच सन्तुलन कायम गर्दै काम गर्न सकिने उनको विश्वास छ ।

हाल नेकपा एमाले स्याङ्जाको संगठन र राजनीतिमा सक्रिय थापा प्रतिनिधि सभातर्फको यात्रामा छन् । स्थानीय तहमा देखाएको कार्यसम्पादनलाई आधार बनाउँदै उनले संघीय संसदमा स्याङ्जाको आवाज मजबुत बनाउने दाबी गर्दै आएका छन् ।

अनुकूलता

  • स्थानीय तहको सफल नेतृत्व अनुभव
  • विकासमुखी र परिणाम केन्द्रित छवि
  • संगठनात्मक मजबुती र स्थिर राजनीतिक पृष्ठभूमि

प्रतिकूलता

  • स्थानीयबाट संघीय तहमा रूपान्तरणको चुनौती
  • प्रतिस्पर्धी दलका प्रभावशाली उम्मेदवार
  • विकास उपलब्धिको परीक्षण
Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

खिमबहादुर थापा को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित