Home Candidate कृष्ण राज पन्त

अर्थशास्त्रीको संसदीय प्रतिस्पर्धा

चितवन - १ उम्मेदवार

कृष्ण राज पन्त

नेपाली कम्युनिस्ट पार्टी
पुरुष , ६१ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

चितवन–१ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का डा.कृष्णराज पन्त उम्मेदवार बनेका छन् । पूर्व माओवादी केन्द्रको कमजोर प्रभाव क्षेत्र मानिने यो क्षेत्रमा नेकपा (एकीकृत समाजवादी)ले कांग्रेसको समेत सहयोगमा २०७९ मा राप्ती नगरपालिका जितेको थियो ।

माओवादी केन्द्र र एकीकृत समाजवादी मिलेर नेकपा बन्नु अघि डा. पन्त एकीकृत समाजवादीकै नेता थिए । अघिल्लो निर्वाचनमा कांग्रेसको साथ पाएको नेकपाले यसपटक एक्लै चुनाव लडेको छ ।

पहिलोपटक संसदीय चुनावमा उम्मेदवार बनेका पन्त २०२२ सालमा धादिङमा जन्मिएका हुन् ।

राप्ती नगरपालिका वडानम्बर २ निवासी पन्तले जवाहरलाल नेहरु विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधी गरेका छन् । २०७८ मा उनी बागमती प्रदेश सरकारको प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्ष भए ।

२०३५ सालमा अनेरास्ववियूबाट राजनीति सुरु गरेका पन्त एमाले चितवनको जिल्ला कमिटी सदस्य, राष्ट्रिय युवा संघको सदस्य, एमाले आर्थिक तथा योजना विभाग सदस्य, नेकपाको निर्वाचन आयोग सदस्य, एकीकृत समाजवादीको पोलिट्ब्यूरो सदस्य र अहिले नेकपाको केन्द्रीय सदस्य छन् ।

२०७९ को निर्वाचनमा समानुपातिकमा माओवादी केन्द्रले ४ हजार ९६५ र एकीकृत समाजवादीले ३ हजार ५१८ मत पाएको थियो ।
कांग्रेस, एमाले र रास्वपा जस्ता दलहरुसँग प्रतिस्पर्धा गरेर जित निकाल्नु डा.पन्तका लागि कठिन देखिन्छ तथापी उनले पार्टीको परीक्षण जनताको बीचमा भने गर्न सक्नेछन् ।

Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

कृष्ण राज पन्त को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित