मधेश आन्दोलनको पृष्ठभूमिबाट संसदीय मैदानमा
प्रत्यक्ष जनसम्पर्कमा विश्वास गर्ने साह संगठन र आन्दोलनमार्फत जनमत निर्माण गर्न खप्पिस छन् ।
०००
सर्लाहीको पर्सा गाउँपालिका–४ मा २०३६ साल जेठमा जन्मिएका नागेश्वर साह २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर-२ बाट नेकपा एमालेका उम्मेदवार छन् ।
प्रविणता प्रमाणपत्र तहसम्म अध्ययन गरेका साह मधेश आन्दोलनको पृष्ठभूमिबाट राजनीतिक यात्रा सुरु गरेका हुन् । प्रत्यक्ष जनसम्पर्कमा विश्वास गर्ने साह संगठन र आन्दोलनमार्फत जनमत निर्माण गर्न खप्पिस छन् ।
मधेश आन्दोलनमा सक्रिय भएकै कारण राजनीतिमा आफ्नो पहिचान बनाउन सफल साह नेकपा एमालेको राजनीतिमा सक्रिय हुनुअघि अन्य राजनीतिक दलमा समेत आबद्ध थिए । जसका कारण उनलाई दल फेरिरहने अवसरवादी नेताको रूपमा पनि चित्रण गर्ने गरेको पाइन्छ ।
प्रतिनिधिसभा निर्वाचनमा पहिलो पटक भाग लिएका साह २०५४ सालदेखि सदभावना पार्टीको विद्यार्थी संगठनबाट राजनीति सुरुवात गरेका हुन् । २०६२/६३ को पहिलो मधेश आनदोलनमा अहम भूमिका निर्वाह गरेका साह २०७२/७३ को दोस्रो मधेश आन्दोलनमा पनि उत्तिकै सक्रिय थिए ।
२०७४ सालमा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालका सर्लाही जिल्ला अध्यक्ष भए । उक्त पार्टी परित्याग गरी २०७६ सालमा उनी तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरे । २०७८ सालमा उनी नेकपा एमाले मधेश प्रदेश कमिटी सदस्य बने ।
त्यसयता एमालेमा सक्रिय भएका उनी यो पटकको चुनावमा एमालेबाटै चुनावी प्रतिस्पर्धामा छन् ।
अनुकूलता
- मधेश आन्दोलनबाट पहिचान
- संगठन र सडक संघर्षको अनुभव
- मतदातालाई आकर्षित गर्ने ‘आन्दोलनकारी छवि’
प्रतिकूलता
- अवसरवादी ट्यागबाट आलोचित
- संसदीय चुनावमा प्रतिस्पर्धा अनुभवको कमी
नागेश्वर साह को उम्मेदवारि कस्तो लागयो ?



