Home Candidate नरेन्द्र कुमार गुप्‍ता

पूर्व मेयरको नयाँ पार्टीबाट उम्मेदवारी

नवलपरासी - २ उम्मेदवार

नरेन्द्र कुमार गुप्‍ता

राष्ट्रिय स्वतन्त्र पार्टी
पुरुष , ५१ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट नवलपरासी–२ मा उम्मेदवारी दिएका नरेन्द्रकुमार गुप्ता रामग्रामका पूर्व मेयर हुन् । गुप्ता यसअघि नेपाली कांग्रेसमा थिए ।

व्यवस्थापन विषयमा स्नातक उत्तीर्ण उनले उद्योग वाणिज्य संघको विभिन्न पदमा रहेर काम गरेका छन् ।

कांग्रेसबाट २०७४ सालको स्थानीय निर्वाचनमा रामग्रामको मेयरमा निर्वाचित भए । २०७९ मा मेयरमा पुनः उम्मेदवारी दिएका उनी एमालेका उम्मेदवारसँग पराजित भए ।

२०३१ सालमा रामग्राम नगरपालिका–२, परासीमा जन्मिएका गुप्ता २०४८ सालदेखि कांग्रेसको भ्रातृ संगठन नेविसंघमा लागे ।

२०६२ सालदेखि कांग्रेसको क्रियाशील राजनीतिमा लागेका उनले २०६७ सालमा रामग्राम नगर समितिको सचिवको जिम्मेवारी पाए । २०७२ देखि २०७८ सम्म क्षेत्रीय सभापति र २०७८ मा पार्टीको जिल्ला संगठन विभाग प्रमुख बने । उम्मेदवारी दर्ताको एक दिन पहिले गुप्ताले रास्वपाबाट टिकट पाए ।

यसअघिको निर्वाचनमा रास्वपाले समानुपातिकतर्फ १० हजार ६७७ मत ल्याएको थियो । त्यतिबेला एमालेलाई ६ मतले उछिनेको रास्वपाको भन्दा बढी मत राप्रपा र कांग्रेसको थियो ।

 

Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

नरेन्द्र कुमार गुप्‍ता को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित