संसद् छिर्ने दोस्रो प्रयास
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बारा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारका रूपमा राजेन्द्र प्रसाद जैसवारलाई अघि सारेको छ।
जैसवारको जन्म वि.सं. २०४६ साल कार्तिक ५ गते बाराको कलैया उपमहानगरपालिका–१४, पथरियामा भएको हो। उनी बाबु बिगा राउत कुर्मी र आमा दुखियादेवी कुर्मीका सुपुत्र हुन्। स्नातक तहसम्म अध्ययन गरेका जैसवारले औपचारिक शिक्षासँगै राजनीतिक चेतनालाई पनि निरन्तर अगाडि बढाएका छन्।
वि.सं. २०६६ सालदेखि तत्कालीन राप्रपाबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका जैसवार हाल राप्रपाका केन्द्रीय सदस्य तथा बारा जिल्ला उपाध्यक्षको जिम्मेवारीमा छन्। पार्टी संगठन विस्तार, कार्यकर्ता परिचालन र जिल्लास्तरीय राजनीतिमा उनी निरन्तर सक्रिय रहँदै आएका छन्।
२०७४ सालको निर्वाचनमा उनले पहिलोपटक बारा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यका रूपमा उम्मेदवारी दिएका थिए। यसपटक उनी सोही क्षेत्रबाट दोस्रोपटक संसदीय चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।
अनुकूलता
• पार्टी संगठनमा लामो अनुभव
• जिल्लास्तरीय नेतृत्व क्षमता
• चुनावी प्रतिस्पर्धाको अनुभव
प्रतिकूलता
• संसदीय अनुभवको अभाव
• राष्ट्रिय स्तरको सीमित पहिचान
• स्थापित दलसँग कडा प्रतिस्पर्धा
राजेन्द्र प्रसाद जैसवार को उम्मेदवारि कस्तो लागयो ?



