Home Candidate रामलाल डगौरा थारु

स्थानीय तहको जितले जगाएको संसद् पुग्ने आकांक्षा

कैलाली - १ उम्मेदवार

रामलाल डगौरा थारु

नेपाली कम्युनिस्ट पार्टी
पुरुष , ४५ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

२०७९ सालको निर्वाचनले थारुको राजनीतिक यात्रालाई नयाँ उचाइ दियो । जेलमा रहेका रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टी गठन गरेपछि उनी माओवादी केन्द्र परित्याग गर्दै नाउपा प्रवेश गरे । सोही वर्षको स्थानीय तह निर्वाचनमा उनी टकापुर नगरपालिकाको मेयर पदमा नागरिक उन्मुक्तिक तर्फबाट उम्मेदवार बने , पाँचदलीय गठबन्धनलाई पराजित गर्दै विजयी भए

०००

रामराल डगौरा थारु कैलालीको राजनीतिमा जमिनबाट उठेका र स्थानीय पकड भएका नेताका रूपमा चिनिन्छन् । २०३७ साल पुस १० गते कैलालीको टीकापुर नगरपालिका–७, प्रतिपुरमा जन्मिएका थारु कैलालीकै स्थायी बासिन्दा हुन् ।

औपचारिक शिक्षा सीमित भए पनि उनी व्यावहारिक ज्ञान, स्थानीय समाजसँगको नजिकको सम्बन्ध र संगठनात्मक अनुभवका कारण जनस्तरमा परिचित छन् ।

माओवादी पृष्ठभूमिबाट राजनीतिमा आएका थारु पछिल्लो समय विभिन्न राजनीतिक धार हुँदै अहिले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा आबद्ध छन् ।

उनी लामो समय माओवादी आन्दोलनसँग जोडिएर स्थानीय तहमा सक्रिय रहे । त्यस क्रममा उनी टीकापुर–७ बाट वडाध्यक्षमा उम्मेदवार बनेर निर्वाचित भएका थिए । उक्त निर्वाचनमा उनले ९०२ मत प्राप्त गर्दै विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नरेश्वर धमलाले ६९२ मत ल्याएका थिए ।

२०७९ सालको निर्वाचनले उनको राजनीतिक यात्रालाई नयाँ उचाइ दियो । टीकापुर घटनाका कारण जेलमा रहेका रेशम चौधरीले २०७९ को निर्वाचन लक्षित गरी नागरिक उन्मुक्ति पार्टी गठन गरेपछि थारु माओवादी केन्द्र परित्याग गर्दै नाउपामा प्रवेश गरे ।

सोही वर्षको स्थानीय तह निर्वाचनमा उनी टीकापुर नगरपालिकाको मेयर पदमा नागरिक उन्मुक्ति पार्टीका तर्फबाट उम्मेदवार बने । स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनलाई पराजित गर्दै उनी ९ हजार ४४२ मतसहित विजयी भए ।

पाँचदलीय गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार नवराज रावलले ६ हजार ६४२ मत ल्याए भने नेकपा एमालेका श्याम खत्रीले ४ हजार ९३३ मत मात्र प्राप्त गरे । यो जितसँगै थारु केवल स्थानीय नेता मात्र नभई क्षेत्रीय राजनीतिमा प्रभावशाली पात्रका रूपमा स्थापित भए ।

स्थानीय तहमा सफलता पाएपछि थारुको राजनीतिक यात्राले पुनः मोड लियो । उनी पछिल्लो समय नागरिक उन्मुक्ति पार्टी छाडेर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।

रञ्जिता श्रेष्ठले जितेको कैलाली-१ बाट उनी अहिले नेकपाको उम्मेदवार बनेका छन् । अहिले रञ्जिता श्रेष्ठ पनि नेकपामै प्रवेश गरेकी छिन् । यो क्षेत्र पहिल्यै थारु समुदायको पहिचान र आन्दोलनसँग जोडिएको मानिन्छ, जहाँ थारुको उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिन्छ ।

अनुकूलता

  • स्थानीय तहमा वडाध्यक्ष र मेयर दुवैमा निर्वाचित भएको प्रत्यक्ष चुनावी अनुभव
  • थारु समुदाय र टीकापुर क्षेत्रसँगको सम्बन्ध

प्रतिकूलता

  • बारम्बार पार्टी परिवर्तनले राजनीतिक स्थायित्वबारे प्रश्न उठ्ने सम्भावना
  • संसदीय निर्वाचनमा पहिलो पटक प्रतिस्पर्धा
Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

रामलाल डगौरा थारु को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित