Home Candidate रविहमाल ठकुरी

संसदीय चुनावमा रवि किरणको पहिलो पाइला

सुर्खेत - १ उम्मेदवार

रविहमाल ठकुरी

राष्ट्रिय प्रजातन्त्र पार्टी
पुरुष , २८ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

जेनजी आन्दोलनमा समेत सहभागी राप्रपाका युवा नेता रविकिरण आउँदो चुनावमार्फत संसद्को यात्रामा जाने प्रयासमा छन् ।

०००

 

२०५४ साल पुस २७ गते सिम्ता गाउँपालिका–१ सुर्खेतमा जन्मिएका रवि हमाल ठकुरी ‘किरण’ पहिलोपटक संसदीय चुनावमा होमिएका युवा हुन् ।

२८ वर्षीया रवि किरण राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय सदस्य समेत हुन् । उनैलाई पार्टीले सुर्खेत–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको हो ।

पहिलोपटक संसदीय चुनावमा होमिएका उनको नाम सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ र सोलुखुम्बु जिल्लाबाट प्रत्यक्षतर्फ सिफारिस भएको थियो । सुर्खेत–१, नेपाली कांग्रेसका पूर्व कार्यबाहक सभापति पूर्णबहादुर खड्काको चुनावी क्षेत्रको रूपमा परिचित रहँदै आएको छ । यो क्षेत्रमा खड्काले २०४८ यता २०७४ बाहेक सबै निर्वाचनमा विजयी भएका थिए । 

यो पटक भने खड्का चुनावी मैदानमा छैनन् । नेपाली कांग्रेसले पूर्णबहादुरकै सहोदर भाइ विष्णुबहादुर खड्कालाई उम्मेदवार बनाएको छ । एमालेबाट ध्रुवकुमार शाही उम्मेदवार बनेका छन् । ०७४ को निर्वाचनमा तीनै पूर्णबहादुरलाई हराएर चर्चामा आएका शाही तेस्रो पटक चुनावी मैदानमा होमिएका छन् ।

२८ वर्षीय युवा नेता रवि किरण तीनै विष्णु र शाही लगायतका नेताहरूसँग चुनावी मैदानमा होमिएका छन् । कुशासन र भ्रष्टाचारविरुद्ध निरन्तर आवाज उठाउँदै आएका युवा हुन् ।

२०५४ साल पुस २७ गते सिम्ता गाउँपालिका–१ सुर्खेतमा जन्मिएका रवि किरण हमाल पहिलो पट संसदीय चुनावमा होमिएका युवा हुन् । हमाल सानैदेखि राजनीति गतिविधिमा संलग्न हुन रुचाउँथे । कक्षा ८ देखि १२ सम्म सुर्खेतको वीरेन्द्रनगरमै अध्ययन गरेका उनी प्लस टू अध्ययनपछि काठमाडौं आए । चिकित्सा शिक्षा सुधारको मागसहित डा. गोविन्द केसीको आन्दोलनमा सहभागी हुँदै सक्रिय राजनीतिमा लागे । 

काठमाडौंस्थित रत्न राज्यलक्ष्मी क्याम्पसबाट आमसञ्चारमा स्नातक गरेका हमालले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

व्यक्तिगत विवरण

नाम : रवि हमाल ठकुरी

जन्म : २०५४ साल पुस २७ गते, सुर्खेत

स्थायी ठेगाना : सिम्ता गाउँपालिका सुन्तोला, सुर्खेत

शिक्षा : स्नातकोत्तर

 

 

Expand Reading..

Battleground Analysis

अनुकूलता

  • युवा र शिक्षित व्यक्तित्व
  • सामाजिक सक्रियता र स्पष्ट एजेन्डा
  • कुशासन र भ्रष्टाचारविरुद्धका अभियन्ता

प्रतिकूलता

  • कमजोर संगठन
  • संसदीय निर्वाचनको अनुभवमा कमी
  • हेभिवेट प्रतिस्पर्धी र विरासतको चुनौती
शिक्षा
स्नातकोत्तर
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

रविहमाल ठकुरी को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित