Home Candidate सतिश कुमार सिंह

विद्रोहको जगमा स्वाभिमानको यात्रा

सप्तरी - २ उम्मेदवार

सतिश कुमार सिंह

स्वाभिमान पार्टी
पुरुष , ४३ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

सतिशकुमार सिंह स्थानीय तहको नेतृत्व गर्दै खासगरी मधेशको प्रदेशको राजनीतिमा उदाएका नेता हुन् । उनले सीके राउत नेतृत्वको जनमत पार्टीबाट प्रदेश सांसद तथा मुख्यमन्त्रीको भूमिका निर्वाह गरेका थिए । उनी मधेश प्रदेशका तेस्रो मुख्यमन्त्री हुन् ।

भदौ २३ र २४ को जेनजी आन्दोलनपछि अध्यक्ष राउतसँग टकराव बढेपछि उनले मुख्यमन्त्री पद गुमाएका थिए । सिंहले जनमतबाट विद्रोह गर्दै बाहिरिएर स्वाभिमान पार्टीबाट उम्मेदवारी दिएका छन् ।

स्थायी घर सप्तरी जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका रहेका सिंहको यही क्षेत्र नै राजनीतिक आधार क्षेत्र हो ।

२०७४ सालको पहिलो स्थानीय तह निर्वाचनमा तिलाठी कोइलाडी गाउँपालिकामा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)बाट अध्यक्ष जीत्दै सिंह स्थानीय तहका प्रमुख बनेका थिए ।

०७९ सालको स्थानीय तहको निर्वाचनमा समेत तिलाठी कोइलाडी गाउँपालिका अध्यक्षमा राजपाबाटै उम्मेदवार बनेका थिए । तर उनी पराजित भए ।

त्यसपछि उनी ०७९ भदौमा सीके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरे र त्यसपछि भएको प्रदेशसभा निर्वाचनमा सप्तरीको निर्वाचन क्षेत्र नम्बर २ (१) बाट सांसद निर्वाचित भए ।

प्रदेशका तात्कालीन अर्थमन्त्री शैलेन्द्रप्रसाद साहलाई पराजित गर्दै उनी प्रदेशसभा सदस्यमा चुनिएका चुनिए । दोस्रो स्थानीय निर्वाचन (२०७९) मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट पुनः अध्यक्ष उम्मेदवार भए तर पराजित भए ।

पार्टीभित्र पनि उनी कडा स्वभावका नेता भनेर चिनिन्छन्। जनमत पार्टीभित्रको संसदीय दल बैठकले मुख्यमन्त्री छान्ने अधिकार अध्यक्ष सीके राउतलाई दिएका बेला राउतले उनीमाथि विश्वास गर्दै मुख्यमन्त्री बनाएका थिए । तर राउतसँगै मन नमिल्दा उनले मुख्यमन्त्री पद छोड्नुपर्‍यो । त्यसपछि भने उनले प्रदेशसभा नै छोड्ने निर्णय गरे ।


त्यसपछि उनले प्रदेश–केन्द्रित राजनीतिमा पाइला चालेका हुन् । यहीबीचमा संघीय संसद्को चुनाव घोषणा भएपछि उनी प्रदेशको सांसद पद त्यागेर संघीय सांसदका लागि प्रतिस्पर्धा गर्दैछन् ।

त्यसमा पनि जुन पार्टीबाट उनी मुख्यमन्त्री बने, त्यही पार्टीका अध्यक्ष सीके राउतसँगै उनी चुनावी प्रतिस्पर्धामा छन् । आफ्नै राष्ट्रिय स्वाभिमान पार्टीका तर्फबाट । जनमत पार्टीका सांसद सतिश सिंह मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिंहलाई शुक्रबार मुख्यमन्त्री नियुक्त गरेकी हुन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम सिंह मुख्यमन्त्री नियुक्त भएका हुन् ।

सिंहले जनमतका साथै नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादीका सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । उनी १५ जेठ २०८१ मा मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए ।

जसपा नेपालका तर्फबाट बनेका तत्कालीन मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सभामा विश्वासको मत गुमाएपछि प्रदेशको तेस्रो मुख्यमन्त्री उनी बनेका थिए ।

प्रदेश सभामा कुनै एक दलको स्पष्ट बहुमत नआएको हुँदा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, नेपाल संघीय समाजवादी लगायतका दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
तर जेनजी आन्दोलनपछि भने उनको आफ्नै पार्टी जनमतले उनलाई मुख्यमन्त्रीबाट फिर्ता बोलाएको थियो । तर उनले राजीनामा दिएनन् । त्यसो गर्दा प्रदेशसभामा विश्वासको मत लिनुपर्ने भएपछि त्यो नलिई उनले २८ असोज २०८२ मा मधेश प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिए ।

सिंह आफूलाई मधेशको विकास, रोजगारी र सुशासनलाई मुख्य एजेन्डा बनाउने प्रदेश नेता भनेर प्रस्तुत गर्छन् । गठबन्धनमा बसेर पनि ‘दलको निर्णयभन्दा जनमत र प्रदेश हित’ महत्त्वपूर्ण हुने धारणा सार्वजनिक रूपमा राख्दै आएका थिए ।

त्यसैले पार्टीभित्र पनि उनी कडा स्वभावका नेता भनेर चिनिन्छन्। जनमत पार्टीभित्रको संसदीय दल बैठकले मुख्यमन्त्री छान्ने अधिकार अध्यक्ष सीके राउतलाई दिएका बेला राउतले उनीमाथि विश्वास गर्दै मुख्यमन्त्री बनाएका थिए । तर राउतसँगै मन नमिल्दा उनले मुख्यमन्त्री पद छोड्नुपर्‍यो । त्यसपछि भने उनले प्रदेशसभा नै छोड्ने निर्णय गरे ।

अनुकूलता
• स्थानीय तहदेखि प्रदेशसभा र मुख्यमन्त्री पदसम्मको अनुभवले
• विभिन्न दलको समर्थन पाई प्रदेश मुख्यमन्त्री बन्नु ।
• मुख्यमन्त्री हुँदा थालेका सुधारमा काम

प्रतिकूलता
• पार्टीभित्रको द्वन्द्बाट उदाएका
• स्थानीय तहमा लगातार पराजय (०७९ र २०७९)ले निर्वाचनमा स्थिर सफलता नभएको स्थिति

Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

सतिश कुमार सिंह को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित