Home Candidate सुन्दर राम बोहरा

पहिचान र परम्पराको एजेन्डासहित चुनावी मैदानमा

काठमाडौं - ३ उम्मेदवार

सुन्दर राम बोहरा

राष्ट्रिय प्रजातन्त्र पार्टी
पुरुष , ५३ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

उनी राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय छन् । राष्ट्रिय अस्मिता, पहिचान र परम्परागत मूल्यको संरक्षणमा उनको जोड छ ।

०००

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सुन्दरसिंह बोहरा प्रतिनिधिसभामा काठमाडौं-३ का उम्मेदवार हुन् । कांग्रेस, रास्वपा हुँदै उनी राप्रपामा आइपुगेका हुन् ।

बोहरा २०२९ साल जेठ १ गते काठमाडौं महानगरपालिकामा जन्मिएका हुन् । उनले भारतको सिङ्घानिया विश्वविद्यालयबाट नेतृत्व विकास विषयमा विद्यावारिधि (पीएचडी) हासिल गरेका छन् ।

उनी राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय छन् । राष्ट्रिय अस्मिता, पहिचान र परम्परागत मूल्यको संरक्षणमा उनले जोड दिएका छन् । हाल उनलाई राप्रपाले प्रवक्ताको जिम्मेवारीसमेत दिएको छ ।

बोहराले देशको मौलिक पहिचान, सुशासन र राष्ट्रिय हितलाई केन्द्रमा राखेर राजनीति गर्ने प्रतिबद्धता जनाएका छन् । उनले सुशासन, भ्रष्टाचार नियन्त्रण, शिक्षित नेतृत्व र राष्ट्रिय हितलाई प्राथमिकतामा राखेका छन् ।

विश्व सम्पदा सूचीमा रहेका काठमाडौं–३ भित्रका सांस्कृतिक क्षेत्रको संरक्षण गर्दै व्यवस्थित विकास गर्नुपर्ने उनको धारणा छ ।

क्षेत्र नम्बर ३ मा एमालेका रामेश्वर फुँयाल, कांग्रेसका रमेश अर्याल, नेकपाका निरज लामा, उज्यालो नेपालका कुलमान घिसिङ, रास्वपाका राजुनाथ पाण्डे लगायतका २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

२०७९ को चुनावमा काठमाडौं–३ मा कांग्रेसकै सन्तोष चालिसेले जित हात पारेका थिए । त्यसबेला चालिसेले १५ हजार १५८ मत ल्याएका थिए ।

त्यसैगरी एमालेका तत्कालीन उम्मेदवार कृष्णबहादुर राईले ११ हजार १९६ र रास्वपाका दुर्गाविक्रम थापाले ५ हजार ८६५ मत ल्याएका थिए । राप्रपाका गणेश गिरीले २ हजार ५११ मत ल्याएका थिए । क्षेत्र नम्बर ३ मा ४८ हजार ४८९ जना मतदाता छन् ।

अनुकूलता

  • उच्च शैक्षिक योग्यता र वैचारिक स्पष्टता
  • राजनीतिक अनुभव र पार्टी प्रवक्ताको भूमिका
  • सांस्कृतिक सम्पदासँग जोडिएको एजेन्डा

प्रतिकूलता

  • कांग्रेस, रास्वपा हुँदै राप्रपामा आएको यात्राले मतदातामाझ राजनीतिक स्थायित्व र प्रतिबद्धताबारे शंका पैदा गर्न सक्ने
  • राप्रपाको सीमित मत आधार
  • चर्चित उम्मेदवारहरू प्रतिस्पर्धी

को हुन् सुन्दरसिंह बोहरा

जन्ममिति : २०२९–०५–०१

जन्मस्थान : काठमाडौं महानगरपालिका

शैक्षिक योग्यता : विद्यावारिधि, सिंघानिया विश्वविद्यालय, भारत

प्रवक्ता :  राप्रपा

 

Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

सुन्दर राम बोहरा को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित