Home Candidate सुरेन्द्र राज भण्डारी

कानुन र राष्ट्रवादको एजेन्डासहित चुनावी मैदानमा

काठमाडौं - ४ उम्मेदवार

सुरेन्द्र राज भण्डारी

राष्ट्रिय प्रजातन्त्र पार्टी
पुरुष , ६३ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

सुरेन्द्र भण्डारी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट काठमाडौं-४ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हुन्। उनी वरिष्ठ अधिवक्ता तथा संवैधानिक कानुनका विज्ञका रूपमा परिचित छन्।

भण्डारीसँग कानुन व्यवसायमा लामो अनुभव छ र उनी राजनीतिक रूपमा राप्रपासँग आबद्ध छन्।

काठमाडौं–४ बाट राप्रपाका प्रतिनिधिसभा उम्मेदवार बनेका डा. भण्डारी प्रजातन्त्रका लागि संघर्ष गर्ने क्रममा करिब ३५ महिना जेल जीवन बिताएका व्यक्ति हुन्।

उनले नेपाल ल क्याम्पसबाट एलएलबी अध्ययनमा उत्कृष्ट विद्यार्थीका रूपमा स्नातक पूरा गरेका छन्। त्यसपछि भारतको दिल्ली विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर तह पूरा गरेका उनी त्यहाँ पनि उत्कृष्ट विद्यार्थीका रूपमा परिचित थिए।

भण्डारीले नेपाल र क्यानडाबाट कानुनमा पीएचडी (विद्यावारिधि) हासिल गरेका छन्। साथै, अमेरिकाको क्यान्सस विश्वविद्यालयबाट एसजेडी अध्ययन पूरा गरेका छन् ।

उनले उक्त विश्वविद्यालयको इतिहासमै उत्कृष्ट अनुसन्धानका लागि पहिलो विदेशीका रूपमा मान्यता प्राप्त गरेका थिए। उनले संयुक्त राष्ट्रसंघ विश्वविद्यालयबाट पोस्ट–डक्टरेट अध्ययनसमेत गरेका छन् ।

नीतिगत सुधार, संवैधानिक समस्या समाधान तथा राष्ट्रिय स्वाधीनताको रक्षा भण्डारीका प्रमुख चुनावी एजेन्डा हुन्।

राप्रपा उम्मेदवार भण्डारीले देशको धर्म र संस्कृतिको संरक्षणका लागि उम्मेदवारी दिएको बताएका छन्।

'देशको धर्म र संस्कृति जोगाउने बेला आएको छ। धर्म र संस्कृति रहेन भने मुलुक पनि रहँदैन। मेरो उम्मेदवारी केवल काठमाडौं–४ का लागि होइन, सम्पूर्ण देशका लागि हो। मुलुक जोगाउन एमसीसीवादलाई पराजित गर्नुपर्छ। एमसीसीको विरोध नै मेरो उम्मेदवारीको मूल उद्देश्य हो,' उनले भनेका छन्।

उनको चुनावी एजेन्डामा नीतिगत सुधार, संवैधानिक समस्या समाधान तथा राष्ट्रिय स्वाधीनताको रक्षा प्रमुख छन्। २०७९ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–४ बाट राप्रपाले ४,१५३ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेको थियो।

 

उक्त निर्वाचनमा नेपाली कांग्रेसका गगन थापाले २१,३१२ मत प्राप्त गर्दै विजय हासिल गरेका थिए भने नेकपा (एमाले) का राजन भट्टराईले १३,४५५ मतसहित दोस्रो स्थान हासिल गरेका थिए।

यसपटक काठमाडौं–४ मा नेपाली कांग्रेसबाट सचिन तिमल्सेना, नेकपा (एमाले) बाट डा. राजन भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बमलगायत उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

काठमाडौं–४ मा यसपटक २४ जना उम्मेदवार चुनावी मैदानमा छन्। यस क्षेत्रमा कूल ७८ हजार १४१ मतदाता रहेका छन्।

अनुकूलता

  • उच्च शैक्षिक र कानुनी विज्ञता
  • राष्ट्रवाद र पहिचानको स्पष्ट एजेन्डा
  • धर्म, संस्कृति र राष्ट्रिय स्वाधीनताका विषयमा स्पष्ट र दृढ
  • राजनीतिक संघर्षको पृष्ठभूमि

प्रतिकूलता

  • प्रमुख दलका बलिया उम्मेदवारसँग प्रतिस्पर्धा
  • राप्रपाको सीमित मताधार
  • एजेन्डाको सीमित दायरा ठानिने जोखिम
Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

सुरेन्द्र राज भण्डारी को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित