Home Candidate टेक वहादुर शाक्य

गरिबका घर बनाइदिने शाक्य सांसद बन्ने यात्रामा

पर्सा - ४ उम्मेदवार

टेक वहादुर शाक्य

राष्ट्रिय स्वतन्त्र पार्टी
पुरुष , ५० बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

घरबारविहीन गरिब तथा विपन्न परिवारलाई घर बनाइदिने काममा महत्त्वपूर्ण भूमिका निभाएका शाक्यलाई राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारका रूपमा उभ्याएको छ ।

०००

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले टेकबहादुर शाक्यलाई पर्सा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । उनी पर्साको ठोरी गाउँपालिका-४, विजयवस्तीका स्थायी बासिन्दा हुन् ।

५० वर्षीय शाक्यले वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तहसम्मको औपचारिक शिक्षा हासिल गरेका छन् ।

नेपाल प्रहरीको अधिकृत पदमा रहे काम गरेको अनुभवसमेत उनीसँग छ । साथै, विभिन्न संघ-संस्थाको नेतृत्व गर्दै सामाजिक काम गरेका शाक्यको घरबारविहीन गरिब तथा विपन्न परिवारलाई घर बनाइदिने काममा महत्त्वपूर्ण भूमिका छ ।

राजनीतिक अस्थिरता, बेथितिविरुद्ध र जनताका लागि काम गर्ने अठोटका साथ उम्मेदवारी दिएको उनी सुनाउँछन् ।

सामाजिक न्याय र सुशासन कायम गर्न, राजनीतिक शुद्धीकरण गर्न, जनतालाई दासी होइन मालिक बनाउन, युवाको भविष्य स्वदेशमै सुनिश्चित गर्न र भुइँमान्छेको आवाज सदनमा बुलन्द गर्न आफू प्रतिनिधिसभाको चुनावमा उम्मेदवारी दिएको शाक्य सुनाउँछन् । 

उनी तत्कालीन नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत थिए । नेकपा माओवादी केन्द्रमा सक्रिय रहेर सामाजिक कार्यका साथै संगठन निर्माण र विस्तारमा उनले भूमिका खेलेका थिए ।

शाक्यले जेनजी आन्दोलनपछिको परिवर्तित राजनीतिक घटनाक्रमपछि नेकपा माओवादी केन्द्र परित्याग गरे । त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरे । उनै शाक्यलाई अहिले रास्वपाले पर्सा-४ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । 

शाक्य उम्मेदवार रहेको यस क्षेत्रमा निकै पुराना राजनीतिक हस्तीहरू चुनावी मैदानमा छन् । नेपाली कांग्रेसबाट आठौं पटक संसदीय चुनावी मैदानमा रमेश रिजाल छन् भने दोस्रो पटक नेकपा एमालेबाट जालिम मियाँ मन्सुरी छन् । 

जगरनाथपुर गाउँपालिकाका स्थायीवासी मन्सुरी २०७४ सालको स्थानीय तह चुनाव जितेर जगरनाथपुर गाउँपालिकाका अध्यक्ष बनेका थिए ।

यो क्षेत्रबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले जयप्रकाश थारुलाई उम्मेदवार बनाएको छ । थारुले २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा एमालेबाट जित निकालेका थिए ।

यसैगरी हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट विष्णु लोप्चन चुनावी मैदानमा छन् ।

सकारात्मक पक्ष

  • सामाजिक कामको ठोस अनुभव
  • अनुशासन र प्रशासनिक अनुभव
  • पुरानो राजनीतिबाट अलग पहिचान

नकारात्मक पक्ष

  • नयाँ पार्टी, कमजोर संगठनात्मक संरचना
  • हेभिवेट प्रतिस्पर्धीहरू
  • विधायकी अनुभवको कमी

 

Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

टेक वहादुर शाक्य को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित