जित दोहोर्याउने चाहना, मत जोगाउन चुनौती
Battleground Analysis
अनुकूलता
- महामन्त्रीको हैसियत: विशेष महाधिवेशनबाट महामन्त्री जितेपछि उनको राजनीतिक कद बढेको छ।
- इन्कम्बेन्सी (काम): सांसद हुँदा काठमाडौंको फोहोर व्यवस्थापन, खानेपानी र ट्राफिक सुधारमा उठाएका आवाज।
- स्वच्छ छवि: भ्रष्टाचार वा काण्डमा नमुछिएको 'क्लिन इमेज'।
प्रतिकूलता
- एक्लै लड्नुपर्ने: २०७९ मा माओवादी/एसको करिब ४-५ हजार भोट उनलाई आएको थियो। यसपटक त्यो भोट बाँडिनेछ।
- रास्वपा फ्याक्टर: काठमाडौंका 'फ्लोटिङ भोटर' (तटस्थ मतदाता) जो हिजो प्रदीपलाई भोट हाल्थे, आज रास्वपातिर ढल्किन सक्छन्।
- कमल थापाको इन्ट्री: कमल थापाले कांग्रेसको केही परम्परागत (कन्जरभेटिभ) भोट काट्न सक्छन्।
राजनीतिक स्वभाव र शैली
सुधारक र विद्रोही
पार्टीभित्र नेतृत्वलाई निरन्तर प्रश्न गर्ने र पुस्तान्तरणको आवाज उठाउने स्वभाव। १४औं महाधिवेशनमा कृष्णप्रसाद सिटौला समूहबाट गगन थापाविरुद्ध महामन्त्री लडेर हारे पनि विशेष महाधिवेशनबाट महामन्त्री जित्नुले उनको पार्टीभित्रको 'विद्रोही तर स्वीकार्य' छवि पुष्टि गर्छ।
प्रविधिमैत्री
"डिजिटल कांग्रेस" अभियान, कोरोनाकालमा प्लाज्मा एप र विद्यालयमा ई-लाइब्रेरी अभियान चलाएर आफूलाई प्रविधिमैत्री नेताका रूपमा चिनाएका छन्।
संघर्षशील चरित्र
विद्यार्थी आन्दोलनमा राजद्रोहको मुद्दा खेपेको र २०७४ मा मात्र ५ मतले हार्दा पनि विचलित नभई निरन्तर क्रियाशील रहेको इतिहास।
समन्वयकारी
युवा पुस्ता र पुरानो पुस्ताबीचको 'पुल' को काम गर्न सक्ने नेता।
चुनावी इतिहास
| निर्वाचन | क्षेत्र | प्रतिस्पर्धी | प्रतिस्पर्धी मत | प्राप्त मत | मतान्तर | नतिजा |
|---|---|---|---|---|---|---|
| २०७४ | तनहुँ-२ (१) | आशा कोइराला | १६६४६ | १६६४१ | ५ | पराजित |
| २०७९ | काठमाडौं-५ | ईश्वर पोखरेल | १०१७२ | १५२३७ | ५०६५ |
|
राजनीतिक टाइमलाइन
विद्यार्थी राजनीति
विद्यार्थी राजनीति हुँदै राजनीतिक गतिविधि शुरु ।
स्ववियु सभापति
अमृत साइन्स क्याम्पस (अस्कल) को स्ववियु सभापति।
जेलजीवन
प्रतिगमन विरोधी संयुक्त विद्यार्थी आन्दोलनको संयोजक। राजद्रोहको मुद्दा र जेल जीवन।
नेविसंघ नेतृत्व
नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय अध्यक्ष।
कांग्रेस केन्द्रीय सदस्य
नेपाली कांग्रेसको केन्द्रीय सदस्य (लगातार तीन कार्यकाल)।
५ मतले पराजय
२०७४: तनहुँ क्षेत्र नं २ (क) बाट प्रदेश सभा सदस्य उम्मेदवार (अत्यन्त झिनो मतले पराजित)।
महामन्त्रीमा पराजित
कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार (पराजित)।
प्रत्यक्षतर्फ जित
काठमाडौं–५ बाट हेभीवेट ईश्वर पोखरेललाई हराउँदै प्रतिनिधिसभा सदस्य निर्वाचित।
कांग्रेसको विशेष महाधिवेशनबाट महामन्त्री निर्वाचित।
प्रदीप पौडेलको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?







