कमजोर अंकगणित, हारको ह्याट्रिक तोड्ने रहर
Battleground Analysis
अनुकूलता
- ९ पटक मन्त्री र उपप्रधानमन्त्रीसहितको लामो राजकीय तथा प्रशासनिक अनुभव ।
- राप्रपाको मूल घरमा फिर्तीले मत एकीकृत हुने सम्भावना ।
- खेलकुद क्षेत्रको नेतृत्व गरेको ‘सेलिब्रेटी’ तथा राष्ट्रिय व्यक्तित्व ।
प्रतिकूलता
- पटक–पटकको वैचारिक विचलन (गणतन्त्रदेखि राजतन्त्रसम्म) र सत्ताकेन्द्रित अस्थिर छवि ।
- प्रत्यक्ष निर्वाचनमा कमजोर नतिजा ।
- काठमाडौँ–५ का ‘हेभीवेट’ प्रतिस्पर्धी र नयाँ मतदाताको मनोविज्ञान ।
राजनीतिक स्वभाव र शैली
खेलकुद पृष्ठभूमि
पूर्व राष्ट्रिय फुटबल खेलाडी र एन्फाअध्यक्ष। उनको राजनीतिमा पनि 'खेल भावना' भन्दा 'जित्ने रणनीति' हाबी देखिन्छ।
एजेन्डा र यू-टर्न
हिन्दु राष्ट्र र राजसंस्थाको मुख्य एजेन्डा बोक्ने, तर व्यक्तिगत स्वार्थ (अध्यक्षमा हार) नमिल्दा राजसंस्थाको एजेन्डा त्यागेर एमालेको सूर्य चिन्हबाट चुनाव लड्ने (२०७९) जस्ता विरोधाभासपूर्ण निर्णय गर्ने।
प्राथमिकतामा सत्ता
सिद्धान्त भन्दा सत्तालाई प्राथमिकता दिने स्वभाव। गणतन्त्रवादी (प्रचण्ड/देउवा) सरकारमा उपप्रधानमन्त्री बन्नु होस् वा राजाको प्रत्यक्ष शासनमा गृहमन्त्री बन्नु— उनी जस्तोसुकै परिस्थितिमा पनि सत्तामा रहन माहिर मानिन्छन् ।
अस्थिरता
मुसा प्रवृत्ति (जहाज डुब्न लाग्दा भाग्ने) भनेर आफ्नै नेताहरूले टिप्पणी गरेको इतिहास।
चुनावी इतिहास
| निर्वाचन | क्षेत्र | प्रतिस्पर्धी | प्रतिस्पर्धी मत | प्राप्त मत | मतान्तर | नतिजा |
|---|---|---|---|---|---|---|
| २०४८ | मकवानपुर-१ | कृष्णप्रसाद दाहाल | पराजित | |||
| २०५१ | मकवानपुर-१ | कृष्णप्रसाद दाहाल |
|
|||
| २०५६ | मकवानपुर-१ र ३ | कृष्ण दाहाल/वीरबहादुर लामा | १ मा जित | २ मा हार |
|
|
| २०६४ | मकवानपुर-३ | प्रल्हाद लामिछाने | १८५१४ | ३८५३ | १४६६१ | पराजित |
| २०७० | समानुपातिक |
|
||||
| २०७४ | मकवानपुर-१ | कृष्णप्रसाद दाहाल | ४०६३१ | ३४६५८ | ५९७३ | पराजित |
| २०७९ | मकवानपुर-१ | दिपकबहादुर सिंह | २७८५१ | २५४२० | २४३१ | पराजित |
राजनीतिक टाइमलाइन
खेलकुद हुँदै राजनीतिमा
पद्मोदय हाइस्कुलबाट फुटबल खेलमा उत्कृष्ट प्रदर्शन। पछि राष्ट्रिय टिमको खेलाडी।
विद्यार्थी राजनीति
२०३६–२०३७ सालतिर विद्यार्थी राजनीतिमा प्रवेश (पञ्चायती व्यवस्थाविरुद्ध विद्यार्थी आन्दोलनमा सक्रिय) राष्ट्रिय प्रजातन्त्रवादी धार (राजसंस्थापक्षीय समूह) सँग निकटता
पञ्चायती नेता
राष्ट्रिय पञ्चायत सदस्य बने । यही समयलाई उनको औपचारिक संसदीय राजनीतिक प्रवेश मानिन्छ। त्यसपछि उनी पञ्चायत व्यवस्थाका प्रभावशाली युवा नेताका रूपमा चिनिए।
नयाँ राजनीतिमा अनुकूलन
राप्रपा स्थापना हुँदा संस्थापक नेतामध्ये एक
पटकपटक राजकीय भूमिकामा
मकवानपुर–१ बाट निर्वाचित (पहिलो संसदीय जित)। पटक–पटक मन्त्री (गृहमन्त्री, स्थानीय विकास, सूचना तथा सञ्चार आदि)
राजाका गृहमन्त्री
राजाको शाही सरकारमा गृहमन्त्री।
गणतन्त्र नेपालमा राजतन्त्रको स्वर
दोस्रो संविधानसभामा समानुपातिक सभासद्। संविधान निर्माण प्रक्रियामा 'नोट अफ डिसेन्ट' लेख्दै सहभागी।
राजतन्त्रको नारा, गणतन्त्रमा सत्ताभोग
केपी ओली, प्रचण्ड र देउवा— तीनवटै प्रधानमन्त्रीको पालामा उपप्रधानमन्त्री। (कीर्तिमानी सत्ताभोग)
पराजयसँगै विद्रोह
राप्रपा महाधिवेशनमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि पार्टी फुटाएर 'राप्रपा नेपाल' गठन। राजसंस्थाको एजेन्डा त्याग।
एमालेसँग चुनावी सहकार्य
एमालेको सूर्य चिन्ह लिएर मकवानपुर–१ मा उम्मेदवार (तेस्रो स्थानमा पराजित)।
पुरानो घर, नयाँ निर्वाचन क्षेत्र
पुरानो घर (राप्रपा) मा फर्किई काठमाडौं–५ बाट उम्मेदवार।
कमल थापाको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?







