विरासत बचाउने कार्यनीति
Battleground Analysis
अनुकूलता
- रौतहटका मतदातामाझ परिचित
- दशकौँ कम्युनिस्ट आन्दोलनको नेतृत्व
- नेकपासँगको एकताले मत एकत्रित गर्ने सम्भावना
प्रतिकूलता
- पार्टी परिवर्तनले मतदातामा द्विविधा
- बहुकोणीय प्रतिस्पर्धा
- मुद्दाका कारण छविमा नकारात्मक असर पार्ने जोखिम
राजनीतिक स्वभाव र शैली
संगठनका मियो
एमालेको १४ वर्ष महासचिव भएर देशभर पार्टी सञ्जाल विस्तार गरेको अनुभव। उनलाई 'प्रणाली र विधि' को कुरा गर्ने तर निर्णय क्षमतामा कहिलेकाहीँ 'ढुलमुले' भनेर आलोचित गरिन्छ।
उत्तरार्धको जोखिम
जीवनको ७२ वर्षमा एमाले जस्तो विशाल पार्टी छोडेर एकीकृत समाजवादी गठन गर्नु र अहिले फेरि माओवादीसँग मिलेर नयाँ 'नेपाली कम्युनिष्ट पार्टी' बनाउनुले उनले राजनीतिको अन्तिम इनिङ्समा ठूलो जुवा खेलेको देखिन्छ।
विरासतको लडाइँ
रौतहट उहाँको जन्मथलो हो। यहाँको जित उनका लागि केवल संसद प्रवेश होइन, आफ्नो ५ दशक लामो राजनीतिक विरासत जोगाउने अन्तिम प्रयास हो।
दाग लागेको छवि
ललिता निवास प्रकरणमा 'क्लिन चिट' जस्तै देखिए पनि चुनावको मुखमा (२०८२ जेठ) अख्तियारले 'पतञ्जली योगपीठ' प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनको 'सादगी' छविमा प्रश्न उठेको छ।
चुनावी इतिहास
| निर्वाचन | क्षेत्र | प्रतिस्पर्धी | प्रतिस्पर्धी मत | प्राप्त मत | मतान्तर | नतिजा |
|---|---|---|---|---|---|---|
| २०५६ | रौतहट-१ | बज्रकिशोर सिं | १०,७५७ | २२,८६८ | १२१११ |
|
| २०६४ | रौतहट-६ | देवेन्द्र पटेल | १०१३३ | ८९८६ | ११४७ | पराजय |
| २०६४ | काठमाडौं-२ | झक्कु सुवेदी | १३,८५८ | १२,३२५ | १५३३ | पराजय |
| २०७० | रौतहट-१ | अजयकुमार गुप्ता | ८,०२३ | ८,३६१ | ३३८ |
|
| २०७० | काठमाडौं-२ | प्रतिमा गौतम | १२,४७९ | २१,७४७ | ९२६८ |
|
| २०७४ | काठमाडौं-२ | दिपकप्रसाद कुइँकेल | १४९०३ | २७३६६ | १२४६३ |
|
| २०७९ | रौतहट-१ | अजयकुमार गुप्ता | २६९९६ | ३३५२२ | ६५२६ |
|
राजनीतिक टाइमलाइन
कोकेको संस्थापक
कोके (को-अर्डिनेसन केन्द्र) को संस्थापक।
संविधान मस्यौदाकार
एमाले संस्थापक र संविधान मस्यौदाकार।
१४ वर्ष एमाले नेतृत्वमा
एमालेको महासचिव (लगातार १४ वर्ष नेतृत्व)।
पहिलो पटक संसदमा
रौतहट–१ बाट पहिलो पटक सांसद निर्वाचित।
नैतिकताको राजनीति
रौतहट–६ र काठमाडौं–२ दुवै ठाउँबाट पराजित। महासचिवबाट राजीनामा।
प्रधानमन्त्री
नेपालको प्रधानमन्त्री (माओवादी शान्ति प्रक्रियाको समयमा)।
चुनावी विजय
२०७०: रौतहट–१ र काठमाडौं–२ दुवै ठाउँबाट विजयी। २०७४: काठमाडौं–२ बाट एमाले उम्मेदवार भई विजयी।
पार्टी विभाजनको नेतृत्व
एमाले विभाजन गरी नेकपा (एकीकृत समाजवादी) गठन।
विभाजनपछिको विजय
एकीकृत समाजवादी (कलम चिन्ह) बाट रौतहट–१ मा विजयी।
नेकपाको सह-संयोजक
माओवादी केन्द्रसँग एकता गरी 'नेपाली कम्युनिष्ट पार्टी' गठन, सह–संयोजक।
माधवकुमार नेपालको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?






