राजन भट्टराई नेकपा एमाले, काठमाडौं - ४ पुरुष , ५४ बर्ष उम्मेदवारी : प्रतिनिधिसभा सदस्य

२०२५ असारमा सिन्धुपाल्चोकको सिन्धुकोटमा जन्मिएका राजन भट्टराईले अंग्रेजी विषय लिएर त्रिचन्द्र कलेजबाट स्नातक र युनिभर्सिटी अफ लण्डनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर गरे ।

त्यसपछि २०६९ सालमा जवाहरलाल नेहरू विश्वविद्यालयबाट विद्यावारिधि गरे । डा.भट्टराईको शोधको शीर्षक ‘भारत–चीन सम्बन्धका सन्दर्भमा नेपालको बदलिंदो सुरक्षा दृष्टिकोण’ थियो । उनको ‘जियोपोलिटिक्स अफ नेपाल एण्ड इन्टरनेशनल रेस्पोन्सेज टु कन्फ्लिक्ट ट्रान्सफर्मेशन’ शीर्षकको पुस्तक प्रकाशित छ ।

काठमाडौंको पुतलीसडकस्थित पद्मोदय माविमा पढ्दा २०३७÷३८ ताका उनी अनेरास्ववियुमा संगठित भएका थिए । पद्मोदयमा प्राक अध्यक्ष बनेका उनी २०४० मा अनेरास्ववियुको काठमाडौं नगर विद्यालय कमिटी सचिव र २०४१ मा काठमाडौं जिल्ला कमिटी सदस्य चुनिए ।

२०४३ मा अनेरास्ववियु काठमाडौं जिल्ला सहसचिव, २०४४ मा जिल्ला सम्मेलन आयोजक कमिटी संयोजक र नवौं राष्ट्रिय सम्मेलन आयोजक कमिटी सदस्य बनेका भट्टराई २०४६ मा केन्द्रीय सचिव निर्वाचित भए ।

त्यसपछि २०४८/४९ मा अनेरास्ववियुको विदेश विभाग प्रमुख र २०४९ सालमा ‘एसियन स्टुडेन्ट एशोसिएसन’ (आसा) को सह–महासचिव चुनिएका भट्टराई २०५३–५८ को अवधिमा नेकपा (एमाले)को विदेश विभाग सचिव र २०५४–५८ सालमा उपत्यका समन्वय कमिटी सदस्य भए ।

२०६०–६२ मा पनि उनी एमालेको विदेश विभाग सचिव रहे । २०६४ देखि सोही विभागको सदस्य र २०६९ देखि राष्ट्रिय प्रतिनिधि परिषद सदस्य रहेका भट्टराई पार्टीको नवौं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भए ।

विद्यार्थी राजनीति गर्दा उनी २०४०–४६ सालका बीचमा १२ पटक पक्राउ परे । २०४२ सालमा ८ महिना र २०४४ मा ४ महिना जेल सजाय भोगे ।

पछिल्लो पटक एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनको परराष्ट्र सल्लाहकारको भूमिका पाएका डा. भट्टराई यसबीचमा नेपाल–भारत प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी)का सदस्य पनि रहे ।

त्यसअघि माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा पनि परराष्ट्र सल्लाहकार रहेका भट्टराई दोस्रो संविधानसभामा समानुपातिक सभासद भए ।

२०७४ को संसदीय निर्वाचनमा काठमाडौं–४ मा पराजित उनी यसपटक त्यही क्षेत्रबाट उठेका छन् । मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका उनै गगन थापा छन्, जसले अघिल्लो पटक उनलाई हराएका थिए । 

फरक के भने, २०७४ मा भट्टराईसँग वाम गठबन्धनको तागत थियो, यसपटक थापा सत्ता गठबन्धनको शक्तिसहित मैदानमा छन् ।

२०७० मा थापाले २१ हजार ५५१ र भट्टराईले १८ हजार १४० मत पाएको यो क्षेत्रमा गत वैशाखको स्थानीय चुनावमा वडाअध्यक्षहरूले पाएको दलगत मतमा एमाले थोरै अगाडि छ ।

उक्त चुनावमा एमालेले १६ हजार ९८१, कांग्रेसले १६ हजार ८४, नेकपा (एकीकृत समाजवादी)ले २ हजार ६८८, राप्रपाले २ हजार ३७६, स्वतन्त्र उम्मेदवारले १ हजार ५६४, नेकपा (माओवादी केन्द्र)ले ८७३ र जनता समाजवादी पार्टी (जसपा) ले ३१७ मत पाए ।

यो आँकडाले सत्ता गठबन्धनका साझा उम्मेदवार थापालाई एमालेका भट्टराईभन्दा अगाडि देखाउँछ । राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष प्रधान चौधरीले थापालाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट डा. ठाकुर मोहन श्रेष्ठ उठेका छन् । पुनर्जागरण पार्टीका अध्यक्ष श्याम गौतम पनि मैनबत्ती चुनाव चिह्न देखाउँदै चुनाव प्रचारमा जुटेका छन् ।

यो चुनावी परिदृश्यले डा. भट्टराईलाई एमालेको मत एकमुष्ट जोगाउँदै गठबन्धन दलहरूको मत उल्लेख्य रूपमा तान्न सक्दा मात्र थापालाई रोक्न सक्ने अवस्थामा रहेको देखाउँछ ।

Full Read

काठमाडौं - ४ का उम्मेदवारहरु

२०७९ २०७४
गगन कुमार थापा
काठमाडौं, काठमाडौं - ४
बर्ष: ४६, पुरुष
गठबन्धन: कांग्रेस गठबन्धन
विजयी २१३०२
राजन भट्टराई
काठमाडौं, काठमाडौं - ४
बर्ष: ५४, पुरुष
गठबन्धन: एमाले गठबन्धन
१३८५५
डा ठाकुर मोहन श्रेष्ठ
काठमाडौं, काठमाडौं - ४
बर्ष: ५८, पुरुष
गठबन्धन:
४०५०
भानु कुमार खड्का
काठमाडौं, काठमाडौं - ४
बर्ष: ५६, पुरुष
गठबन्धन:
१३
रमेश डंगोल
काठमाडौं, काठमाडौं - ४
बर्ष: ३६, पुरुष
गठबन्धन:
१५१
अर्चन शम्शेर राणा
काठमाडौं, काठमाडौं - ४
बर्ष: ३९, पुरुष
गठबन्धन:
१२१४
चेत बहादुर आले
काठमाडौं, काठमाडौं - ४
बर्ष: ४७, पुरुष
गठबन्धन:
२८
लिला माया पौडेल
काठमाडौं, काठमाडौं - ४
बर्ष: ५१, महिला
गठबन्धन:
४१
पिकेश परियार
काठमाडौं, काठमाडौं - ४
बर्ष: ३८, पुरुष
गठबन्धन:
२१
दिपक कुमार पोखरेल
काठमाडौं, काठमाडौं - ४
बर्ष: ४५, पुरुष
गठबन्धन:
११५
लाल कुमारी थापा राना
काठमाडौं, काठमाडौं - ४
बर्ष: ३६, महिला
गठबन्धन:
३६
ध्रुब राज गिरी
काठमाडौं, काठमाडौं - ४
बर्ष: ५०, पुरुष
गठबन्धन:
३०
नुम नाथ प्याकुरेल
काठमाडौं, काठमाडौं - ४
बर्ष: ४६, पुरुष
गठबन्धन:
२६
खुर हरी पुडासैनी
काठमाडौं, काठमाडौं - ४
बर्ष: ४३, पुरुष
गठबन्धन:
२२
श्‍याम राज भेटवाल
काठमाडौं, काठमाडौं - ४
बर्ष: ५९, पुरुष
गठबन्धन:
थर्क बहादुर बस्नेत
काठमाडौं, काठमाडौं - ४
बर्ष: ६३, पुरुष
गठबन्धन:
११६
अर्जुन कुमार प्रसाई
काठमाडौं, काठमाडौं - ४
बर्ष: ५८, पुरुष
गठबन्धन:
१४
रोहित डंगोल
काठमाडौं, काठमाडौं - ४
बर्ष: ३२, पुरुष
गठबन्धन:
५६
रोशन वर्मा
काठमाडौं, काठमाडौं - ४
बर्ष: ३२, पुरुष
गठबन्धन:
हेमबहादुर बोम्जन
काठमाडौं, काठमाडौं - ४
बर्ष: ३५, पुरुष
गठबन्धन:
२३०८
रविन्द्र देव ढकाल
काठमाडौं, काठमाडौं - ४
बर्ष: ४५, पुरुष
गठबन्धन:
महेश्‍वर के सी
काठमाडौं, काठमाडौं - ४
बर्ष: ३३, पुरुष
गठबन्धन:
नवराज थापा
काठमाडौं, काठमाडौं - ४
बर्ष: ४५, पुरुष
गठबन्धन:
रुद्र प्रसाद पौडेल
काठमाडौं, काठमाडौं - ४
बर्ष: ४९, पुरुष
गठबन्धन:
कृष्ण कुमार तामाङ्ग
काठमाडौं, काठमाडौं - ४
बर्ष: ५९, पुरुष
गठबन्धन:
१४
दिनेश चौलागाँई
काठमाडौं, काठमाडौं - ४
बर्ष: २५, पुरुष
गठबन्धन:
७३
काजी बहादुर कार्की
काठमाडौं, काठमाडौं - ४
बर्ष: ५१, पुरुष
गठबन्धन:
१५१
शिबेन्द्र के.सी.
काठमाडौं, काठमाडौं - ४
बर्ष: ५२, पुरुष
गठबन्धन:
१८
नवराज भण्डारी
काठमाडौं, काठमाडौं - ४
बर्ष: ४२, पुरुष
गठबन्धन:
४०
गगन कुमार थापा
काठमाडौं , काठमाडौं - ४
बर्ष: ४१ , पुरुष
गठबन्धन:
नेपाली कांग्रेस
विजयी २१५५८ मत
राजन भट्टराई
काठमाडौं , काठमाडौं - ४
बर्ष: ४९ , पुरुष
गठबन्धन:
नेकपा एमाले
१८१४० मत
सुबुना बस्तेन
काठमाडौं , काठमाडौं - ४
बर्ष: २५ , महिला
गठबन्धन:
तुलसी राम शिवाकोटी
काठमाडौं , काठमाडौं - ४
बर्ष: ५९ , पुरुष
गठबन्धन:
यम बहादुर पयाङ्गु
काठमाडौं , काठमाडौं - ४
बर्ष: ५६ , पुरुष
गठबन्धन:
चेत बहादुर आले
काठमाडौं , काठमाडौं - ४
बर्ष: ४२ , पुरुष
गठबन्धन:
नवराज थापा
काठमाडौं , काठमाडौं - ४
बर्ष: ४० , पुरुष
गठबन्धन:
हरि पराजुलि
काठमाडौं , काठमाडौं - ४
बर्ष: ३१ , पुरुष
गठबन्धन:
मनोज कुमार दंगाल
काठमाडौं , काठमाडौं - ४
बर्ष: ३२ , पुरुष
गठबन्धन:
आशिष श्रेष्‍ठ
काठमाडौं , काठमाडौं - ४
बर्ष: ३१ , पुरुष
गठबन्धन:
माधव के.सी.
काठमाडौं , काठमाडौं - ४
बर्ष: ५९ , पुरुष
गठबन्धन:
रविन्द्र देव ढकाल
काठमाडौं , काठमाडौं - ४
बर्ष: ४० , पुरुष
गठबन्धन:

चुनावी समाचार