Home Candidate पार्वत गुरुङ

तेस्रो जित निकाल्ने प्रयासमा

http://नेकपा%20एमाले
पार्वत गुरुङ
दोलखा - १ उम्मेदवार

पार्वत गुरुङ

पुरुष , ५७ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
Profile
Profile

दोलखाको पर्यटन, कृषि, पूर्वाधार तथा युवा रोजगारीजस्ता मुद्दालाई प्राथमिकता दिँदै उनी चुनावी मैदानमा छन् ।

०००

दोलखाको गौरीशंकर गाउँपालिका, काप्ती (सुरी क्षेत्र) मा जन्मिएका हुन् पार्वत गुरुङ । उनै गुरुङलाई २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा दोलखा क्षेत्र नम्बर-१ बाट नेकपा एमालेले उम्मेदवार बनाएको छ ।

५७ वर्षीय गुरुङले स्नातक तहसम्मको अध्ययन पूरा गरेका छन् । अनेरास्ववियुबाट राजनीतिक सुरु गरेका उनी जिल्ला अध्यक्ष, पोलिटब्युरो सदस्य, दोलखा जिल्ला इन्चार्ज हुँदै हाल पार्टीको केन्द्रीय सदस्य छन् ।

गुरुङ दोलखामा प्रभावशाली नेताका रूपमा चिनिन्छन् ।

२०७० सालको संविधानसभा निर्वाचनमा दोलखाबाट विजयी भएका गुरुङले २०७४ को प्रतिनिधिसभा निर्वाचनमा निकै ठूलो मतान्तर (३० हजारभन्दा बढी) सहित जित हासिल गरेका थिए ।

तत्कालीन केपी शर्मा ओली सरकारमा उनी सञ्चार तथा सूचना प्रविधि मन्त्रीसमेत बने । केही समय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

जिल्लामा प्रभावशाली नेताको रूपमा स्थापित उनै गुरुङलाई एमालेले तेस्रो पटक उम्मेदवार बनाएको हो ।

दोलखाको पर्यटन, कृषि, पूर्वाधार तथा युवा रोजगारीजस्ता मुद्दालाई प्राथमिकता दिँदै उनी चुनावी मैदानमा छन् ।

तर जेनजी आन्दोलनपछि नयाँ पार्टीका उम्मेदवार पनि प्रतिस्पर्धामा आएकाले उनलाई चुनौती बढेको छ ।

Battleground Analysis

अनुकूलता

  • विजयी विरासत र प्रभाव
  • मन्त्री पदको अनुभव र विकास
  • संगठित पार्टी संरचना

प्रतिकूलता

  • पार्टीभित्रको आन्तरिक विद्रोह
  • नयाँ लहर र जेनजी प्रभाव

पार्वत गुरुङको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित