परिचित नाम, बदलिँदो माहोल
Battleground Analysis
अनुकूलता
- कोइराला परिवारको विरासत
- कांग्रेसको परम्परागत संगठन र २०७९ को फराकिलो जितको मनोबल
- लामो संसदीय अनुभव र क्षेत्रको निरन्तर प्रतिनिधित्व
प्रतिकूलता
- जितेर गएपछि खासै ठूलो काम गर्न नसकेको जनगुनासो र आक्रोश
- विशेष महाधिवेशनमा देउवा पक्षलाई सघाउँदा उनको 'विद्रोही/परिवर्तनकारी' छविमा लागेको दाग
राजनीतिक स्वभाव र शैली
विरासत र जिम्मेवारी
बीपी र गिरिजाप्रसाद कोइरालाको राजनीतिक लिगेसी बोक्ने मुख्य पात्र। विराटनगरको 'कोइराला निवास' लाई केन्द्रबिन्दु बनाएर राजनीति सञ्चालन गर्ने शैली।
बौद्धिक र शालीन
चिकित्सा पेसा र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति (भीसी) भएर काम गरेको अनुभवले उनको प्रस्तुति तार्किक र संयमित हुन्छ ।
परिस्थितिजन्य सम्झौता
विगतमा पार्टीभित्रको 'विद्रोही' धारको नेतृत्व गरे पनि पछिल्लो विशेष महाधिवेशनमा तत्कालीन संस्थापन (देउवा) पक्षमा उभिएर उनले आफ्नो रणनीतिक र व्यावहारिक रूप देखाए ।
एजेन्डाविहीनताको सकस
२०७९ मा भावी प्रधानमन्त्रीको एजेन्डा लिएर गएका कोइराला यसपटक पार्टी नेतृत्व (गगन थापा) अर्को पुस्तामा गएपछि रक्षात्मक अवस्थामा देखिए ।
चुनावी इतिहास
| निर्वाचन | क्षेत्र | प्रतिस्पर्धी | प्रतिस्पर्धी मत | प्राप्त मत | मतान्तर | नतिजा |
|---|---|---|---|---|---|---|
| २०६४ | मोरङ-७ | विजयकुमार गच्छदार | १८४१६ | १३२६१ | ५,१५५ | पराजित |
| २०६५ | मोरङ-७ (उपनिर्वाचन) | मोदराज घिमिरे | १०,७९४ | १८,५५८ | ७,७६४ |
|
| २०७० | मोरङ-७ | लाबबाबु पण्डित | ११,३५१ | १५,४८३ | ४१३२ |
|
| २०७४ | मोरङ-६ | लालबाबु पण्डित | ३३९४१ | ३३२६६ | ६७५ | पराजित |
| २०७९ | मोरङ-६ | लालबाबु पण्डित | २२९४६ | ३५२१३ | १२,२६७ |
|
राजनीतिक टाइमलाइन
पेशागत जीवन
लामो समय चिकित्सा क्षेत्रमा सक्रिय। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको उपकुलपति (भीसी) को जिम्मेवारी बहन। बहुदलपछि राजनीतिमा सक्रिय । त्यसअघि पनि पारिवारिक विरासतका कारण राजनीतिमा क्रियाशील ।
सभासद
मोरङ–७ (साविक) बाट पहिलो पटक उम्मेदवार। मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का विजयकुमार गच्छदारसँग पराजित।
उपनिर्वाचनबाट संसदमा
२०६५ (उपनिर्वाचन): गच्छदारले दुई क्षेत्र जितेर मोरङ छाडेपछि भएको उपनिर्वाचनमा फोरम लोकतान्त्रिककै उम्मेदवारलाई हराउँदै पहिलो पटक सांसद निर्वाचित।
दोस्रो विजय
विजयकुमार गच्छदारलाई पराजित गर्दै दोस्रो पटक विजयी।
२०७४ (प्रतिनिधिसभा): एमालेका लालबाबु पण्डितसँग झिनो मतान्तर (६७५ मत) ले पराजित। २०७९ (प्रतिनिधिसभा): लालबाबु पण्डितलाई १२ हजारभन्दा बढी मतान्तरले हराउँदै शानदार जित। (एजेन्डा: भावी प्रधानमन्त्री/सभापति)।
सभापतिमा उम्मेदवारी
कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिए तर, शेरबहादुर देउवासँग पराजित बने ।
नयाँ संस्थापनबाट उम्मदेवार
पार्टीभित्रको बदलिँदो समीकरण (गगन थापा सभापति) बीच मोरङ–६ बाट छैटौं पटक चुनावी प्रतिस्पर्धामा। विशेष महाधिवेशनको विपक्षमा उभिए पनि उनी नयाँ परिणाम स्वीकारेर चुनावी मैदानमा गएका छन् ।
डा. शेखर कोइरालाको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?








