रोल्पाबाट ह्याट्रिक गर्ने लक्ष्य
Battleground Analysis
अनुकूलता
- रोल्पामा माओवादी (हाल नेकपा) को संगठन पहाड जस्तै बलियो छ। स्थानीय तहमा क्लिन स्विप गरेको अवस्था छ।
- मन्त्री हुँदा जिल्लामा पठाएको बजेट र सडक सञ्जालको विस्तार।
- गत चुनावको समानुपातिक मत हेर्दा माओवादी एक्लै अन्य सबै दलभन्दा भारी देखिन्छ।
प्रतिकूलता
- नेत्रविक्रम चन्द 'विप्लव' को पनि गृहजिल्ला भएकाले भोट काट्ने रणनीतिले केही असर गर्न सक्छ।
- लामो समय एउटै दल र नेताले जित्दा जनतामा आउने वितृष्णा।
- बेला-बेला देखिने स्वास्थ्य समस्याले सक्रियतामा कमी आउन सक्ने डर।
राजनीतिक स्वभाव र शैली
रणनीतिकार
माओवादी जनयुद्धका ४ डेपुटी कमान्डरमध्येका एक। विशेष गरी पूर्वी नेपालमा माओवादी संगठन विस्तार र सैन्य कमान्ड सम्हालेको अनुभव। पार्टीभित्र उनलाई 'संगठक' र 'पावर ब्रोकर' मानिन्छ।
विकासप्रेमी
ऊर्जा मन्त्री हुँदा जलविद्युत क्षेत्रमा र अर्थमन्त्री हुँदा बजेट निर्माणमा उनले आफ्नो छाप छोड्नुभएको छ।
रोल्पाका 'किङमेकर'
रोल्पा माओवादीको 'आधार इलाका' हो र वर्षमान पुन त्यहाँका निर्विकल्प जस्तै नेता हुन् । कृष्णबहादुर महराको राजनीतिक अवकाश वा ओझेल पर्नुले उनलाई रोल्पाको एकछत्र नेता बनाएको छ।
भद्र स्वभाव
पूर्व लडाकु कमान्डर भए पनि उनको प्रस्तुति शान्त, भद्र र तार्किक हुने गर्दछ।
चुनावी इतिहास
| निर्वाचन | क्षेत्र | प्रतिस्पर्धी | प्रतिस्पर्धी मत | प्राप्त मत | मतान्तर | नतिजा |
|---|---|---|---|---|---|---|
| २०६४ | ललितपुर-१ | उदयशमशेर राणा | १४०११ | १५३२९ | १३१८ |
|
| २०७० | मोरङ-१ | डिगबहादुर लिम्बू | १५,२०२ | ८,५२५ | ६६७७ | पराजित |
| २०७४ | रोल्पा-१ | अमरसिंह पुन | २०३३७ | ४२०८४ | २१७४७ |
|
| २०७९ | रोल्पा-१ | पूर्ण बुढा मगर | १६४८५ | ४१७१४ | २५२९९ |
|
राजनीतिक टाइमलाइन
राजनीतिक यात्रा सुरु
शिक्षक कृष्णबहादुर महराको प्रेरणाले विद्यार्थी राजनीतिमा प्रवेश। २०४५: लिवाङबाट एसएलसी। पछि कानुनमा स्नातक। २०४८: नेकपा (एकता केन्द्र) र संयुक्त जनमोर्चाको पूर्णकालीन कार्यकर्ता। २०५२ (फागुन १): जनयुद्ध सुरु हुनु अगावै दर्जनौं मुद्दा लागेपछि भूमिगत।
केन्द्रीय नेतृत्वमा
माओवादी केन्द्रीय सदस्य।
सैन्य नेतृत्व
जनयुद्धकालमा पूर्वी कमान्ड इन्चार्ज र सैन्य डिभिजन कमान्डर। २०६४ (संविधानसभा-१): ललितपुर–१ बाट निर्वाचित (उपत्यकामा माओवादीको जित)। २०६७: शान्ति तथा पुनर्निर्माण मन्त्री (झलनाथ खनाल सरकार)। २०६८: अर्थ मन्त्री (बाबुराम भट्टराई सरकार)। २०७० (संविधानसभा-२): मोरङ–९ बाट उम्मेदवार (पराजित)।
ह्याट्रिकको खोजी
रोल्पाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित। केपी ओली सरकारमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री। २०८२: रोल्पाबाट लगातार तेस्रो जित (ह्याट्रिक) को खोजीमा। २०७९: रोल्पाबाट पुनः फराकिलो मतान्तरले निर्वाचित।
वर्षमान पुनको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?








