Home Candidate अमि तामाङ

उद्यम र राजनीति सँगसँगै

काभ्रे - १ उम्मेदवार

अमि तामाङ

नेकपा एमाले
पुरुष , ४४ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

जेनजी आन्दोलनपछिको असहज राजनीतिक अवस्थामा अमित लामाले पार्टीका शीर्ष नेताहरूको सुरक्षाका लागि छुट्टै सुरक्षा दस्ता गठन गरी त्यसको कमान्ड आफैँ सम्हालेका थिए ।

०००

काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा एमालेका उम्मेदवार अमि लामा (अमित) संगठन, उद्यम र राजनीतिलाई सँगसँगै अघि बढाएका नेता हुन् ।

काभ्रेको रोशी गाउँपालिकाअन्तर्गत शिखरआम्बोटेमा ४४ वर्षअघि जन्मेका लामाले कक्षा १२ सम्म अध्ययन गरेका छन् । सीमित पारिवारिक स्रोत र जिम्मेवारीबीच आत्मनिर्भर बन्नुपर्ने अवस्थाले उनलाई प्रारम्भदेखि नै उद्यमशील जीवन रोज्न प्रेरित गर्‍यो ।

अमित लामाको राजनीतिक यात्रा नेकपा एमालेको भ्रातृ संगठन युवा संघबाट सुरु भएको हो । तल्लो कमिटीबाट सक्रिय हुँदै उनी क्रमशः केन्द्रीय सदस्य, कोषाध्यक्ष र तीन कार्यकाल उपाध्यक्षसम्मको जिम्मेवारीमा पुगे ।

पार्टी भित्र वडा कमिटी, क्षेत्र, जिल्ला, प्रदेश सदस्य हुँदै केन्द्रीय सदस्यसम्म पुगेका उनी संगठनात्मक राजनीति र पार्टी संरचनामा गहिरो रूपमा खारिएका नेता मानिन्छन् । लामो समय संगठन निर्माण, परिचालन र व्यवस्थापनमा बिताएको अनुभव उनीसँग छ ।

जेनजी आन्दोलनपछिको असहज राजनीतिक अवस्थामा अमित लामाले पार्टीका शीर्ष नेताहरूको सुरक्षाका लागि छुट्टै सुरक्षा दस्ता गठन गरी त्यसको कमान्ड आफैँ सम्हालेका थिए ।

राजनीतिक गतिविधि बर्जित र सुरक्षा चुनौती उच्च रहेको अवस्थामा उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको सुरक्षा, केन्द्रीय कमिटी बैठकको सुरक्षा तथा सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी निर्वाह गरेका थिए ।

नेकपा एमालेको असोज २९, ३० र ३१ गते सम्पन्न केन्द्रीय कमिटी बैठक ललितपुरको झम्सिखेलस्थित रामबाग महलमा सम्पन्न भएको थियो, जुन पार्टी प्यालेस उनकै लगानीमा सञ्चालित छ ।

राजनीतिसँगै सामाजिक र शैक्षिक क्षेत्रमा पनि उनी सक्रिय छन्। स्थानीय श्री चेतना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षका रूपमा काम गरिसकेका लामा शिक्षा क्षेत्रप्रति चासो राख्ने व्यक्तिका रूपमा चिनिन्छन् ।

साथै, गरिब, जेहेन्दार तथा असहाय व्यक्तिहरूका लागि सहयोग गर्दै आएको उनको भनाइ छ । उद्यम, समाजसेवा र राजनीतिलाई सँगसँगै अघि बढाइरहेका अमित लामा आफूलाई व्यावहारिक, आत्मनिर्भर र संगठनमा हुर्किएको उम्मेदवारका रूपमा प्रस्तुत गर्छन्।

अनुकूलता

  • बलियो संगठनात्मक पृष्ठभूमि
  • आत्मनिर्भर र उद्यमशील
  • कठिन राजनीतिक समयमा पार्टी नेतृत्वको सुरक्षा र व्यवस्थापन

प्रतिकूलता

  • संसदीय वा शासकीय अनुभवको अभाव
  • पार्टी भित्र बलियो भए पनि मतदाता तहमा भावनात्मक र लोकप्रियता पुष्टि गर्नुपर्ने चुनौती
  • शिक्षा सीमित
Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

अमि तामाङ को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित