Home Candidate भागवत प्रकाश मल्ल

प्रदेशबाट संघीय संसद् पुग्ने दौड

स्याङ्जा - २ उम्मेदवार

भागवत प्रकाश मल्ल

नेपाली कांग्रेस
पुरुष , ४९ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

राजनीतिसँगै सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका मल्ल जिल्लाका विकास निर्माणका काममा सहभागिता जनाउने नेताका रूपमा चिनिन्छन् ।

०००

स्याङ्जाको चापाकोट नगरपालिका–५ का स्थायीबासिन्दा हुन्- भागवत प्रकाश मल्ल । २०३३ सालमा जन्मिएका उनले स्नातक तहसम्म अध्ययन गरेका छन् ।  

मल्लको राजनीतिक यात्रा नेपाली कांग्रेसबाटै सुरु भएको हो । उनी हाल नेपाल तरुणदल स्याङ्जाका जिल्ला सभापति हुन् । २०७४/७५ सालको जिल्ला अधिवेशनमा सभापति पदमा उम्मेदवारी दिएर चर्चामा आएका मल्ल सोही अवधिमा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भए । संगठनभित्रको सक्रियता र निरन्तर उपस्थितिले उनलाई जिल्लास्तरमा स्थापित बनाएको हो । 

२०७४ सालको प्रदेशसभा निर्वाचनमा स्याङ्जा क्षेत्र नं. २ (ख) बाट विजयी भएर प्रदेशसभा सदस्य बनेपछि मल्लको राजनीतिक उचाइ थप बढेको हो । जिल्लामा उनको राम्रो प्रभाव र जनसम्पर्क नै जितको मुख्य आधार मानिन्छ ।

राजनीतिसँगै सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका मल्ल जिल्लाका विकास निर्माणका काममा सहभागिता जनाउने नेताका रूपमा चिनिन्छन् । ठूला भाषणभन्दा पनि उपस्थितिबाट काम देखाउने शैलीका कारण स्थानीयस्तरमा उनको छवि सकारात्मक रहेको बताइन्छ । विभिन्न जनहितका कार्यक्रम र सामाजिक काममा संलग्न हुँदा उनी पार्टी सीमाभन्दा बाहिर पनि स्वीकार्य देखिन्छन् ।

स्याङ्जाको स्थानीय राजनीतिबाट उठेर जिल्ला, प्रदेश हुँदै संसदीय राजनीतिमा होमिएका उनी पार्टीको नीति र सिद्धान्तलाई आधार मान्छन् । र, त्यसभन्दा माथि उठेर काम गर्न सक्ने नेतृत्व आवश्यक रहेको उनी बताउँछन् ।

राष्ट्रिय हित, लोकतान्त्रिक मूल्य र विकासलाई प्राथमिकतामा राखेर राजनीति गर्न सकिने उनको धारणा छ । 

अनुकूलता

  • संगठनात्मक सक्रियता
  • निर्वाचन अनुभव र विजयको पृष्ठभूमि
  • सामाजिक तथा विकासमुखी पहिचान

प्रतिकूलता

  • राष्ट्रिय स्तरमा सीमित पहिचान
  • पार्टीभित्र प्रतिस्पर्धा र गुटगत चुनौती
  • अपेक्षा व्यवस्थापनको दबाब

 

Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

भागवत प्रकाश मल्ल को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित