युवामैत्री राजनीति र सुशासनको एजेन्डा
युवा उमेरमै केन्द्रीय पार्टीको जिम्मेवारी पाएका गौतम पार्टी संगठन, कार्यकर्ता समन्वय र स्थानीय मुद्दामा सक्रिय भूमिकाका कारण मकवानपुरमा परिचित छन् ।
०००
मकवानपुर-१ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट ४० वर्षीय विजय गौतमले प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका छन् ।
काभ्रेमा जन्मिएका मकवानपुरको बकैया गाउँपालिका स्थायी घर भएका गौतम विद्यार्थी राजनीतिबाट आफूलाई प्रमाणित गर्दै छोटो समयमै पार्टी जिम्मेवारी पाउँदै मूलधारको राजनीतिमा स्थापित भएका युवा नेता हुन् ।
उनको राजनीतिक यात्रा विद्यार्थी राजनीतिबाट सुरु भएको हो । आन्दोलनको पृष्ठभूमिबाट अघि बढ्दै तत्कालीन नेकपा माओवादी पार्टीको केन्द्रीय सदस्य तथा मकवानपुर इञ्चार्जको भूमिकामा पुगेका उनी जिल्लामा पार्टी संगठन सुदृढीकरण र राजनीतिक व्यवस्थापनमा सक्रिय रहेका छन् ।
युवा उमेरमै केन्द्रीय जिम्मेवारी पाएका गौतम पार्टी संगठन, कार्यकर्ता समन्वय र स्थानीय मुद्दामा सक्रिय भूमिकाका कारण मकवानपुरमा परिचित छन् । विशेषत: सुशासनको पक्षमा उनले आवाज उठाउँदै आएका छन् ।
गौतमले नीति निर्माण र प्रशासनिक कामको प्रत्यक्ष अनुभव पनि हासिल गरेका छन् । नारायणकाजी श्रेष्ठ गृहमन्त्री रहँदा उनको सचिवालयमा रहेर काम गरेको अनुभवले उनलाई राज्य सञ्चालन, सुरक्षा संयन्त्र र प्रशासनिक प्रक्रियाबारे व्यावहारिक ज्ञान दिएको छ । यही अनुभवलाई संसदीय अभ्यास र नीति निर्माणमा उपयोग गर्ने बताउँदै आएका छन् ।
त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर अध्ययन पूरा गरेका गौतम युवामैत्री राजनीति र परिवर्तनमुखी एजेन्डा उठाएका छन् । विकास र सुशासनलाई आफ्नो मूल राजनीतिक एजेन्डा बनाएका छन् ।
अनुकूलता
- स्थानीय मुद्दामा सक्रिय
- संगठन र समन्वय क्षमता
- प्रशासनिक अनुभव
प्रतिकूलता
- स्थानीय असमान परिचय
- राजनीतिक प्रतिस्पर्धा
- युवा राजनीति चुनौती
विजय गौतम को उम्मेदवारि कस्तो लागयो ?



