Home Candidate हेमलाल शर्मा (हिमाल शर्मा)

संघर्षले खारिएका युवा नेता

काठमाडौं - ६ उम्मेदवार

हेमलाल शर्मा (हिमाल शर्मा)

नेपाली कम्युनिस्ट पार्टी
पुरुष , ५६ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले काठमाडौं–६ मा ५६ वर्षीय हिमाल (हेमलाल) शर्मालाई अघि सारेको छ । एमालेको विद्यार्थी संगठनबाट राजनीति शुरु गरेका उनी सशस्त्र द्वन्द्वकालमा माओवादीमा लागे ।

संकटकालका बेला सुरक्षा निकायले पक्राउ गरेर उनलाई शारीरिक तथा मानसिक यातना दियो । यद्यपि थुनामा रहँदा भोगेका पीडा र संघर्षले आफूलाई जनताको दुःख–पीडासँग अझ नजिक बनाएको शर्मा बताउँछन् ।

बाग्लुङमा जन्मिएका शर्माले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उत्तीर्ण गरेका छन् । २०६५ सालमा त्रिभुवन विश्वविद्यालयमा स्ववियू सभापति बनेर राष्ट्रिय राजनीतिमा चर्चामा छाएका थिए ।

उनी अखिल (क्रान्तिकारी) को पूर्व अध्यक्ष हुन् । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं–६ बाटै प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका थिए । कांग्रेसका भीमसेनदास प्रधान निर्वाचित हुँदा एमालेका योगेश भट्टराई दोस्रो र शर्मा तेस्रो स्थानमा आएका थिए ।

माओवादी नेता कृष्णबहादुर महरा उपप्रधान तथा अर्थमन्त्री हुँदा शर्मा प्रमुख स्वकीय सचिव थिए ।

अघिल्लो चुनावमा यो क्षेत्रबाट रास्वपाका शिशिर खनाल विजयी भएका थिए । यसपटक खनाल, कांग्रेसबाट कृष्ण बानियाँ, उज्यालो नेपाल पार्टीबाट वारिस धरेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उद्धवराज भेटुवाल लगायतले उम्मेदवारी दिएका छन् ।

२०७४ को निर्वाचनमा एमाले र माओवादी गठबन्धनबाट उठेका झक्कुप्रसाद सुवेदीलाई कांग्रेसका भीमसेनदास प्रधानले १३०० मतले पराजित गरेका थिए ।

२०७९ को निर्वाचनमा माओवादी र एकीकृत समाजवादीले कांग्रेसलाई समर्थन गरेको थियो । समानुपातिकमा माओवादीले १ हजार ८०२ र एकीकृत समाजवादीले ४८५ मत पाएको थियो । अहिले दुवै पार्टी मिलेर बनेको नेकपाबाट शर्माले उम्मेदवारी दिएका हुन् ।

६७ हजार १४१ मतदाता रहेको यस क्षेत्रमा जित निकाल्न शर्माले धेरै नै मिहिनेत गर्नुपर्ने देखिन्छ ।

(प्रस्तुतीः दिनेश गौतम)

Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

हेमलाल शर्मा (हिमाल शर्मा) को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित