Home Candidate झविलाल डुम्रे

डुम्रेको उम्मेदवारी युवाको दाबेदारी

स्याङ्जा - २ उम्मेदवार

झविलाल डुम्रे

राष्ट्रिय स्वतन्त्र पार्टी
पुरुष , ३३ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

केन्द्रीय संगठन विभाग सदस्यका रूपमा सक्रिय डुम्रे अब स्याङ्जा–२ बाट संसद्‌मा पुग्ने लक्ष्यसहित चुनावी मैदानमा छन् ।

०००

स्याङ्जा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्ष उम्मेदवार बनेका छन्—झविलाल डुम्रे । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट चुनावी मैदानमा उत्रिएका डुम्रे राजनीति क्षेत्रमा अपेक्षाकृत नयाँ भए पनि संगठन र समाजमा सक्रिय नाम हुन् ।

१९९२ साल असार ५ मा स्याङ्जाको वालिङ नगरपालिका–१४, छोरेखर्कमा जन्मिएका हुन् झविलाल डुम्रे । मास्टरसम्म अध्ययन गरेका उनले पेशागत रूपमा पोखरालाई कर्मथलो बनाएर व्यवसायका साथै समाजिक कार्यमा समेत सक्रिय रहँदै आएका छन् ।

राजनीतिमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीमार्फत सक्रिय छन् । हाल पार्टीको केन्द्रीय संगठन विभाग सदस्यको जिम्मेवारी सम्हालिरहेका डुम्रे पार्टी सुदृढीकरण, संगठन विस्तार र जिल्लास्तरीय राजनीतिमा निरन्तर सक्रिय छन् ।

डुम्रे स्याङ्जाका विभिन्न स्थानमा हुने सामाजिक तथा जनहितका कार्यक्रमहरूमा सहभागिता जनाउँदै आएका छन् । राष्ट्रिय स्तरका ठूला योगदानभन्दा पनि स्थानीय आवश्यकता, संगठन र समुदायसँग प्रत्यक्ष जोडिनु उनको पहिचान बनेको देखिन्छ ।

राजनीतिमा आफू ‘अब्बल भएर काम गर्न सक्ने’ विश्वास राख्ने डुम्रे पार्टीको नीति र सिद्धान्तलाई आधार मान्दै पनि आवश्यक परे पार्टीभन्दा माथि उठेर जनहितमा काम गर्न सक्ने दृष्टिकोण राख्छन् । राष्ट्रियता, लोकतन्त्र र विकासमा टेवा पुग्ने गरी भूमिका निर्वाह गर्ने उनको दाबी छ ।

हाल केन्द्रीय संगठन विभाग सदस्यका रूपमा सक्रिय डुम्रे अब स्याङ्जा–२ बाट संसद्‌मा पुग्ने लक्ष्यसहित चुनावी मैदानमा छन् । पोखरामा कर्म, स्याङ्जामा सपना बोकेर अघि बढेका उनी रास्वपाको नयाँ पुस्ताको प्रतिनिधि पात्रका रूपमा आफूलाई स्थापित गर्ने प्रयासमा छन् ।

अनुकूलता

  • नयाँ पुस्ताको प्रतिनिधित्व र वैकल्पिक राजनीति
  • संगठनात्मक सक्रियता र केन्द्रीय जिम्मेवारी
  • स्थानीय समाजसँग प्रत्यक्ष सम्बन्ध

प्रतिकूलता

  • प्रत्यक्ष निर्वाचन अनुभवको कमी
  • पार्टी संरचना अझै विस्तारको चरणमा
  • राष्ट्रिय बनाम स्थानीय सन्तुलनको परीक्षा
Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

झविलाल डुम्रे को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित