Home Candidate कर्णबहादुर बुढा

भाइको ‘ह्याट्रिक’ तोड्ने प्रयासमा कर्णबहादुर

डोल्पा - १ उम्मेदवार

कर्णबहादुर बुढा

नेपाली कांग्रेस
पुरुष , ६२ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

कम्युनिष्ट, राप्रपा, एमाले हुँदै कांग्रेस उम्मेदवार बन्दा पनि निर्वाचन जित्न असफल कर्णबहादुर यसपटक हारको सिलसिला तोड्ने प्रयासमा छन् ।

०००

२०२० सालमा डोल्पाको काइके २ शहरतारामा जन्मिएका कर्णबहादुर बुढा राजनीतिमा आउनु अघि गलैँचा व्यापारी थिए ।

२०३७ सालमा सदरमुकाम दुनैको सरस्वती माविबाट एसएलसी पास गरेका उनले काठमाडौंको आरआर क्याम्पसबाट आइएड पास गरे । उनी विद्यार्थीकलामा कम्युनिस्ट पार्टीनिकट विद्यार्थी संगठनको सदस्य थिए ।  

काठमाडौंमा पढाइ सकेर डोल्पा फर्केपछि उनी राष्ट्रिय प्रजातन्त्र पार्टीमा जोडिए । राप्रपाको महाधिवेशन प्रतिनिधि, जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य, सहमहामन्त्री हुँदै कर्णाली प्रदेश इञ्चार्ज समेत बने । 

२०४८ सालमा राप्रपा प्रवेश गरेका उनी त्यसैबेला पार्टीको महाधिवेशन प्रतिनिधि बनेका थिए ।

२०५२ सालमा राप्रपाको जिल्ला अध्यक्ष भए । कर्णबहादुर २०६४ मा राप्रपाको केन्द्रीय सदस्य बने । २०७४ सालमा राप्रपाको सहमहामन्त्री हुँदै कर्णाली प्रदेश इञ्चार्जको जिम्मेवारी सम्हाले । 

माओवादीका क्रियाकलाप मन नपरेर राप्रपा प्रवेश गरेको बताउने कर्णबहादुर २०५१ सालमा चुनाव लडे । त्यो बेला नेपाली कांग्रेसका बागी उम्मेदवार मोतीप्रसाद पहाडीसँग ३०१ मतले पराजित भए ।

२०५६ सालमा फेरि चुनाव लडे । नेकपा एमालेका उम्मेदवार नरबहादुर बुढाथोकीसँग झन्डै ३ हजार मतको हराहरीमा कर्णबहादुरले पराजय भोगे । 

२०६४ सालको पहिलो संविधानसभा चुनावमा तत्कालीन माओवादी केन्द्रका रामबहादुर बोहोरासँग पनि ४ हजार ५ सय मतले उनी पराजित भए । 

त्यसपछि उनी केही समय सक्रिय राजनीतिदेखि टाढा रहे ।

२०७४ सालमा नेपाली कांग्रेसमा प्रवेश गरेर पुन: राजनीतिमा सक्रिय भए । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सुर्खेतका पाका नेता हृदयराम थानीलाई एक मतले पराजित गर्दै उनी केन्द्रीय सदस्यमा निर्वाचित भए ।

त्यसपछि उनी २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लाले उनलाई प्रत्यक्षतर्फको उम्मेदवारका सिफारिस गर्‍यो । यसैबीच नेपाली कांग्रेस, तत्कालीन नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीलगायत पाँच दलीय चुनावी गठबन्धन बन्यो ।

केन्द्रका नेताबीचको सिट बाँडफाँटमा डोल्पा नेकपा एकीकृत समाजवादीको भागमा पर्‍यो । त्यसैले उनले यसपटक एकीकृत समाजवादीका उम्मेदवार धनबहादुरलाई सघाए ।

धनबहादुर कर्णबहादुरका सहोदर भाइ हुन् । यसपटक कर्णबहादुर आफ्नै सहोदर भाइ नेपाकली कम्युनिष्ट पार्टीका उम्मेदवार धनबहादुर बुढालाई रोकेर जित खोज्दै छन् । धनबहादुर बुढा २०७०, २०७४ र २०७९ मा लगातार तीन पटक चुनाव जितेका नेता हुन् ।

यो क्षेत्रमा एमालेका लंक रोकाया, रास्वपाबाट देव सिंह ऐडी, प्रलोपाबाट विकास बुढा लगायत ७ उम्मेदवार चुनावी मैदानमा छन् ।  

व्यक्तिगत विवरण

नाम :  कर्णबहादुर बुढा

जन्म : २०२० साल, डोल्पा

स्थायी ठेगाना : डोल्पा काइके गाउँपालिका शरहतारा

शिक्षा : प्रविणता प्रमाणपत्र तह

संसदीय अनुभव

२०५१ : प्रतिनिधिसभा सदस्य उम्मेदवार (पराजित)

२०५६ : प्रतिनिधिसभा सदस्य उम्मेदवार (पराजित)

२०६४ : संविधान सभा सदस्य उम्मेदवार (पराजित)

२०८२ : प्रतिनिधिसभा सदस्य उम्मेदवार

राजनीतिक टाइमलाइन 

२०३७ : कम्युनिस्ट निकट विद्यार्थी संगठनको सदस्य

२०४८ : राप्रपा प्रवेश

२०५२ : राप्रपाको जिल्ला अध्यक्ष

२०५१ : राप्रपाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार

२०५६ : राप्रपाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार

२०६४ : राप्रपाबाट संविधान सभा सदस्यको उम्मेदवार

२०६४ : राप्रपाको केन्द्रीय सदस्य

२०७४ : राप्रपाको सहमहामन्त्री, कर्णाली प्रदेश इन्चार्ज

२०७४ : नेपाली काँग्रेसमा प्रवेश

२०८२ : कांग्रेसबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार

Expand Reading..

Battleground Analysis

अनुकूलता

  • अनुभवी नेतृत्व
  • पार्टीभित्र लोकप्रिय
  • उच्च शैक्षिक र व्यापारिक पृष्ठभूमि

प्रतिकूलता

  • निर्वाचनमा कमजोर इतिहास
  • अस्थिर राजनीतिक यात्रा
  • कठिन पारिवारिक प्रतिस्पर्धा
शिक्षा
प्रविणता प्रमाणपत्र तह
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

कर्णबहादुर बुढा को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित