व्यवस्थापकीय कुशलता र ट्रेड युनियनका अगुवा
‘जयतु संस्कृतम्’ आन्दोलनका सेनानी ऋषिराम शर्मा घिमिरेका छोरा हुन्, किरणकिशोर घिमिरे । किरणकिशोरका दाजु कृष्णकिशोर पञ्चायत विरुद्धको आन्दोलनमा लागेका थिए ।
६३ वर्षीय किरणकिशोर २०३६ सालदेखि पञ्चायती शासनको विरोधमा लागे । २०४६ को जनआन्दोलन पश्चात् मजदूरको हकहितका लागि ट्रेड युनियन आन्दोलनमा सक्रिय भए ।
घिमिरेको जनकपुर रेलवेको प्रमुख कार्यकारी अधिकृत र नेपाल यातायात संस्थानको प्रबन्धक भएर १८ वर्ष काम गरेको अनुभव छ । यी कार्यालयमा उनको कुशल व्यवस्थापकीय क्षमताको अहिले पनि स्मरण गरिन्छ ।
दाङमा दीप ज्योति अस्पताल र प्राविधिक शिक्षालयको स्थापनामा महत्त्वपूर्ण भूमिका खेलेका उनले वन विकास र उद्योग मार्फत स्थानीयलाई रोजगारी दिन पहल गरेका छन् ।
अर्थशास्त्र, राजनीतिशास्त्र र समाजशास्त्र पढेका उनले भारतको अवध विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् ।
दाङ–२ मा किरणकिशोरले एमालेका शंकर पोखरेल, नेपाली कम्युनिष्ट पार्टीका निर्मल आचार्य, राष्ट्रिय स्वतन्त्र पार्टीका विपिनकुमार आचार्य लगायतसँग प्रतिस्पर्धा गर्दैछन् ।
यस क्षेत्रबाट अघिल्लो निर्वाचनमा तत्कालीन माओवादी केन्द्रकी रेखा शर्मा विजयी भएकी थिइन् ।
२०७९ मा यो क्षेत्रमा कांग्रेसले माओवादी केन्द्रलाई समर्थन गरेको थियो । कांग्रेसले समानुपातिकमा १९ हजार ५९१ मत पाएको थियो । समानुपातिकमा एमालेको २३ हजार ५६८, रास्वपाको १३ हजार ३३, माओवादीको १० हजार ८२० र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ हजार ९५ मत पाएको थियो ।
किरण किशोर घिमिरे को उम्मेदवारि कस्तो लागयो ?


