Home Candidate कृष्‍ण बानियाँ क्षेत्री

भिमसेनदासको विरासतमा जितको खोजी

काठमाडौं - ६ उम्मेदवार

कृष्‍ण बानियाँ क्षेत्री

नेपाली कांग्रेस
पुरुष , ६१ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

कांग्रेस काठमाडौं जिल्ला सभापति कृष्ण बानियाँ क्षेत्रीले यो क्षेत्रबाट उम्मेदवारी दिएका छन् । ६१ वर्षीय बानियाँ टोखा नगरपालिकाका स्थायी बासिन्दा हुन् ।

त्रिभुवन विश्वविद्यालयबाट प्रवीणता प्रमाणपत्र तह उक्तीर्ण बानियाँ लामो समयदेखि कांग्रेस राजनीतिमा सत्रिय छन् । उनी कांग्रेसको विशेष महाधिवेशनको पक्षमा खुलेर लागेका थिए । कांग्रेस काठमाडौंको जिल्ला अध्यक्षमा उनको यो दोस्रो कार्यकाल हो ।

सामाजिक न्याय, समावेशी विकास र काठमाडौं–६  को समृद्धिलाई उनले आफ्नो चुनावी एजेण्डा बनाएका छन् । स्थानीय आवश्यकतालाई सदनमा उठाउने उनको प्रतिबद्धता छ ।

२०६४ मा माओवादीका हितमान शाक्य, २०७० र २०७४ मा कांग्रेसका भीमसेनदास प्रधानले जितेको यो क्षेत्रबाट अघिल्लो चुनावमा रास्वपाका शिशिर खनाल विजयी भएका थिए । यसपटक पनि खनाल चुनावी मैदानमा छन् । 

नेपाली कम्युनिष्ट पार्टीबाट हिमाल शर्मा, उज्यालो नेपाल पार्टीबाट वारिस धरेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उद्धवराज भेटुवाल सहितका उम्मेदवार छन् ।

२०७९ मा समानुपातिकमा रास्वपाले ११ हजार ९९६ र एमालेले ८ हजार १९ पाउँदा कांग्रेसले ७ हजार ५७७ मत ल्याएको थियो ।

Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

कृष्‍ण बानियाँ क्षेत्री को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित