Home Candidate मधु कुमार चौलागाई

वकालतबाट राजनीतिमा

काभ्रे - १ उम्मेदवार

मधु कुमार चौलागाई

राष्ट्रिय स्वतन्त्र पार्टी
पुरुष , ५६ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

राष्ट्रिय स्वतन्त्र पार्टीको काभ्रे क्षेत्र नम्बर १ का क्षेत्रीय सभापतिको जिम्मेवारी सम्हालिरहेका चौलागाईं कानुनी शासन, संस्थागत सुधार र प्रणालीगत परिवर्तनलाई आफ्नो मुख्य राजनीतिक एजेन्डा बनाउँदै आएका छन् ।

०००

काभ्रेपलाञ्चोक जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मधुकुमार चौलागाईं पेसागत दक्षता र वैकल्पिक राजनीतिक धार बोकेर चुनावी मैदानमा उत्रिएका व्यक्ति हुन् ।

२०२६ सालमा चौंरीदेउराली गाउँपालिका–५ मा बुबा रामचन्द्र चौलागाईं र आमा भागिरथा चौलागाईंको कोखबाट जन्मिएका चौलागाईंको व्यावसायिक पृष्ठभूमि कानुन व्यवसाय हो ।

अधिवक्ता रहेका चौलागाईंले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक अध्ययन पूरा गरेका छन् ।

कानुनी क्षेत्रमा उनी वकालत, अभियोजन, कानुनी परामर्श तथा मध्यस्थतामा लामो अनुभव राख्ने व्यक्तिका रूपमा परिचित छन् ।

उनले पब्लिक ल फर्म (२०४८–२०५२) मा अभियोजकका रूपमा काम गर्नुका साथै पार्वती प्रिन्टर्स एन्ड ट्रेड कन्सर्न (२०६० सालदेखि हालसम्म), न्यू हाम्रो ल फर्म (२०७१ सालदेखि हालसम्म) मार्फत कानुनी अभ्यास गर्दै आएका छन् । साथै, उनी स्वतन्त्र कानुन व्यवसायी मञ्चका केन्द्रीय उपाध्यक्षसमेत हुन् ।

कानुन र न्याय प्रणाली भित्र लामो समय सक्रिय रहँदै आएका चौलागाईं पछिल्ला वर्षहरूमा वैकल्पिक राजनीतितर्फ आकर्षित भएका देखिन्छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको काभ्रे क्षेत्र नम्बर १ का क्षेत्रीय सभापतिको जिम्मेवारी सम्हालिरहेका उनी कानुनी शासन, संस्थागत सुधार र प्रणालीगत परिवर्तनलाई आफ्नो मुख्य राजनीतिक एजेन्डा बनाउँदै आएका छन् ।

चौलागाईं भावनात्मक नाराभन्दा पनि विधि, कानुन र संस्थागत सुधारमा केन्द्रित देखिन्छन् । रास्वपाको नयाँ राजनीतिक अभ्यास र सुशासनको एजेन्डालाई कानुनी दृष्टिकोणबाट बलियो बनाउने प्रयास उनको राजनीतिक पहिचान बनेको छ।

उनी स्वयंलाई संसद् भित्र कानुन निर्माण र संवैधानिक मूल्यको रक्षामा प्रभावकारी भूमिका खेल्न सक्ने उम्मेदवारका रूपमा प्रस्तुत गर्छन् ।

अनुकूलता

  • बलियो कानुनी र बौद्धिक पृष्ठभूमि
  • सुशासन र प्रणालीगत सुधारको स्पष्ट एजेन्डा
  • वैकल्पिक राजनीतिक छवि

प्रतिकूलता

  • संसदीय र कार्यकारी अनुभवको अभाव
  • सीमित मतदातामा पहुँच
  • नयाँ दलको सांगठनिक कमजोरी
Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

मधु कुमार चौलागाई को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित