Home Candidate महम्मद अतिउल्लाह

स्थानीय राजनीतिमा खारिँदै प्रतिनिधिसभाको यात्रामा

रौतहट - २ उम्मेदवार

महम्मद अतिउल्लाह

नेकपा एमाले
पुरुष , ५४ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

एमाले निकट नेपाल बुद्धिजीवी परिषद् रौतहटको सचिव समेत हुन् अतिउल्लाह । सरकारी सेवामा रहेर काम गरेका उनी स्थानीय स्तरमा समाजसेवीका रूपमा समेत परिचित छन् ।
०००

नेकपा एमालेले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट-२ मा महम्मद अतिउल्लाहलाई मैदानमा उतारेको छ । ५४ वर्षीय अतिउल्लाह रौतहट राजपुर नगरपालिका हजमिनियाका स्थानीयवासी हुन् । उनले वन विज्ञान अध्ययन संस्थान हेटौंडाबाट प्रवीणता प्रमाणपत्र तहसम्मको अध्ययन गरेका छन् ।

अतिउल्लाह एमाले निकट नेपाल बुद्धिजीवी परिषद् रौतहटको सचिवसमेत हुन् । सरकारी सेवामा रहेर काम गरेका उनी स्थानीय स्तरमा समाजसेवीका रूपमा समेत परिचित छन् ।

रौतहट-२ लामो समयदेखि काङ्ग्रेसले निर्वाचन जित्दै आएको क्षेत्र हो । तर २०७९ को निर्वाचनमा भने यहाँ स्वतन्त्र उम्मेदवार किरणकुमार साहले जितेका थिए । पछि साह एमाले फर्किएका थिए । उनले यस पटक नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट उम्मेदवारी दिएका छन् ।

गत निर्वाचनमा एमालेले रौटहट-२ मा जनता समाजवादी पार्टीका उम्मेदवार शैलेन्द्र साहलाई उम्मेदवारी दिएपछि किरणले स्वतन्त्र उम्मेदवारी दिएका थिए । शैलेन्द्र साहले गत निर्वाचनमा कमजोर प्रदर्शन गरेका थिए । सोही कारण यहाँ एमालेको उपस्थिति कमजोर बनेको थियो । यसपटक भने परिस्थिति फेरिएको छ ।

एमाले बुद्धिजीवी समाजसेवीका रूपमा परिचित अतिउल्लाहलाई मैदानमा उतार्दै आफ्नो बलियो उपस्थिति जनाउने प्रयास गरेको छ । जसले गर्दा रौतहट-२ को चुनावी प्रतिस्पर्धा रोचक हुने देखिन्छ ।

 

Expand Reading..

Battleground Analysis

अनुकूलता

  • सचेत मतदातामा राम्रो प्रभाव
  • स्थानीय समस्या बुझ्ने र समाधानमुखी उम्मेदवारको छवि
  • एमालेको संगठनात्मक समर्थन

प्रतिकूलता

  • कांग्रेसको परम्परागत प्रभाव भएको क्षेत्र
  • अघिल्लो निर्वाचनको कमजोर प्रदर्शनको छाया
  • स्वतन्त्र/अन्य उम्मेदवारसँग कडा प्रतिस्पर्धा
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

महम्मद अतिउल्लाह को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित