Home Candidate मनिष खनाल

युवा ऊर्जा र पारदर्शिताको नारासहित चुनावी दौडमा खनाल

नवलपुर - २ उम्मेदवार

मनिष खनाल

राष्ट्रिय स्वतन्त्र पार्टी
पुरुष , २६ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

जेनजी विद्रोहको जगमा हुन लागेको निर्वाचनमा जेनजीको भावना, जवाफदेही, पारदर्शीता र आफूले उठाएको मुद्दा सम्बोधन गर्न आफू लागि पर्ने खनालको भनाइ छ ।

०००

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मनिष खनाल नवलपुर क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका छन् ।

मध्यविन्दु नगरपालिका-६, टाँडी निवासी खनालको जन्म २०५६ असार ११ गते भएको हो । खनालले नेपाल ल क्याम्पसबाट कानुन विषयमा स्नातक गरेका छन् ।

उनको राजनीतिक यात्रा भने विवेकशील नेपाली दलबाट सुरु भएको हो । सामाजिक र राजनीतिक न्यायका लागि काठमाडौं केन्द्रित आन्दोलनहरूमा उनी निरन्तर सहभागी भएर सडकबाट आवाज उठाउँदै आइरहेका छन्  ।

२०७६ सालमा विवेकशील नेपाली दलको जनकपुरमा भएको अधिवेशनबाट उनी कान्छो केन्द्रीय सदस्य भएका थिए । रास्वपा सांसद असिम शाहको स्वकीय सचिव भएर समेत उनले काम गरेका थिए ।

आफू कानुनको विद्यार्थी भएकोले सडकमा उठेका जायज मागलाई सदनमा उठाउन, कानुन निर्माणमा सक्रिय भूमिका खेल्न उम्मेदवार बनेको उनले बताए ।

जेनजी विद्रोहको जगमा हुन लागेको निर्वाचनमा जेनजीको भावना, जवाफदेही, पारदर्शीता र आफूले उठाएको मुद्दा सम्बोधन गर्न आफू लागि पर्ने खनालको भनाइ छ ।

स्थानीय र प्रदेश सरकारको समन्वयमा हुने समस्या समाधान गर्दै नीतिगत रूपमा समाधान गर्ने विषय भए त्यसको अध्ययन अनुसन्धान गरेर अगाडि बढ्ने खनालको योजना छ ।

अनुकूलता

  • युवा पुस्ताको आकर्षण र जेन–जी प्रतिनिधित्व
  • कानुनी अध्ययन र नीतिगत समझ
  • सामाजिक–राजनीतिक सक्रियता र केन्द्रीय अनुभव

प्रतिकूलता

  • निर्वाचन अनुभवको कमी
  • स्थापीत दलसँग प्रतिस्पर्धा
  • युवा एजेन्डालाई परिणाममा रूपान्तरण गर्ने चुनौती
Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

मनिष खनाल को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित