ह्याट्रिक गर्ने दाउ
दाङको गढवा मनिकापुर थारू बहुल गाउँ हो । त्यहाँ थारू समुदायबाट कोही प्रधानपञ्च बनेका थिएनन् । २०३७/३८ सालतिर कम्युनिष्ट विचारका भगवतीप्रसाद चौधरी प्रधानपञ्च बने ।
तिनै भगवतीप्रसादका छोरा हुन्, मेटमणि चौधरी । बाबुको जस्तै मेटमणिको पनि कम्युनिष्ट विचारतर्फ झुकाव बढ्यो । २०२९ सालमा गढवामा जन्मेका उनी २०४५ सालमा जनता मावि गढवाको अखिल छैटौंको प्रारम्भिक कमिटी अध्यक्ष बने । २०४८ मा अनेरास्ववियुको क्षेत्रीय कमिटीमा प्रवेश गरे ।
२०५० मा क्षेत्रीय कमिटी अध्यक्ष हुँदै अनेरास्ववियुको अञ्चल कमिटी, मध्यपश्चिम विकास क्षेत्रको अध्यक्ष हुँदै २०५५ सालदेखि २०६३ सालसम्म केन्द्रीय सदस्य बने । एमाले जिल्ला सदस्य हुँदै नवौं महाधिवेशनबाट वैकल्पिक केन्द्रीय सदस्य निर्वाचित भएपछि मेटमणिले जिल्ला इञ्चार्जको जिम्मेवारी पाए ।
राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका उनी २०७९ मा भौतिक पूर्वाधार मन्त्री बने । २०८२ मा एकीकृत समाजवादी, माओवादी केन्द्र लगायत एकीकृत भएर नेपाली कम्युनिष्ट पार्टी बनेको छ ।
२०७४ सालमा पहिलो पटक सांसदको टिकट पाएका मेटमणि दाङ–१ बाट निकटतम प्रतिद्वन्द्वीको भन्दा दोब्बर मतका साथ विजयी भए । त्यतिबेला एमाले र माओवादी केन्द्रले गठबन्धन गरेका थिए ।
२०७८ मा एमाले विभाजित भएर नेकपा (एकीकृत समाजवादी) बन्यो । यो पार्टीमा उनी उपमहासचिव बने । २०७९ मा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा लगायतसँग गठबन्धन गरेको एकीकृत समाजवादीबाट उठेका मेटमणि दोस्रो पटक सांसदमा विजयी भए ।
२६ हजार ५७६ मत सहित मेटमणि विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी शान्ता चौधरीले २१ हजार ४९३ र राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले १३ हजार ७९८ मत पाएका थिए ।
एमालेबाट रेवतीरमण शर्मा घिमिरे, कांग्रेसबाट सहमहामन्त्री योगेन्द्र चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट देवराज पाठक र स्वतन्त्र उम्मेदवार कुलप्रसाद केसी लगायत उम्मेदवार छन् ।
मेटमणि चौधरी को उम्मेदवारि कस्तो लागयो ?




