Home Candidate ओमबहादुर घर्ती

ओमबहादुर घर्तीको पहिलो संसदीय परीक्षा

नवलपुर - २ उम्मेदवार

ओमबहादुर घर्ती

नेपाली कांग्रेस
पुरुष , ५० बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

सुशासन, पारदर्शीता कायम गर्दै समृद्ध देश निर्माणमा प्रतिबद्ध भएर लाग्ने घर्तीको भनाइ छ ।

०००

नवलपुर क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेदवार ओमबहादुर घर्ती नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघका केन्द्रीय सभापति हुन । हुप्सेकोट गाउँपालिका-१, बेलुवामा २०३२ सालमा जन्मिएका घर्ती विद्यार्थी उमेरबाट नै राजनीतिमा सक्रिय छन् ।

स्नातक उत्तिर्ण गरेका घर्तीको २०४६ सालमा सरस्वती माध्यमिक विद्यालयमा नेपाल विद्यार्थी संघ इकाइ अध्यक्षबाट राजनीतिको यात्रा सुरु भएको हो । २०५३ सालमा जिल्लाको पहिलो क्याम्पस कुमारवर्ती बहुमुखी क्याम्पसको इकाइ सभापति भए । २०५५ सालमा नेविसंघ जिल्ला सदस्य भएका थिए । २०६४ सालमा नेपाल राष्ट्रिय मगर संघको महासचिव बनेर केन्द्रीय राजनीति सुरु गरे ।

२०६९ सालमा राष्ट्रिय मगर संघको सभापति, २०७९ सालमा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघको तदर्थ समिति सभापति भएका घर्तीले २०८१ सालमा महाअधिवेशन सम्पन गरेर दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका हुन् ।

प्रतिनिधिसभा निर्वाचनमा पहिलो पटक चुनावी मैदानमा होमिएका घर्तीसँगै नेकपा एमालेका तिलबहादुर  महत क्षेत्री, नेपाली कम्युनिस्ट पार्टीका गणेशमान महतो, राष्ट्रिय स्वतन्त्र पार्टीका मनिस खनाल सहित १८ जना प्रतिस्पर्धामा छन् ।

सुशासन, पारदर्शीता कायम गर्दै समृद्ध देश निर्माणमा प्रतिबद्ध भएर लाग्ने घर्तीको भनाइ छ । मतदाताको अपेक्षा र आवश्यकता अनुसार विकास निर्माणको काम सहित नीति निर्माणमा लाग्ने उनले बताएका छन् ।

कावासोती नगरपालिकाको ६ वटा वडा, हुप्सेकोट, बौदीकाली, विनयी त्रिवेणी गाउँपालिका र मध्यविन्दु नगरपालिकाको क्षेत्र गरी ४० वटा वडा २ नम्बर क्षेत्रमा पर्दछ ।

एक लाख ३१ हजार ४ सय ४५ मतदाता रहेको यस क्षेत्रमा ५६ मतदान स्थल र एक सय ५४ मतदान केन्द्र रहेको छ । 

यस क्षेत्रबाट २०७९ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका विष्णु कुमार कार्कीले ३६ हजार १ सय ३२ मत ल्याएर विजयी भएका थिए । कार्कीले एमालेका महतलाई २ हजार २२ मत अन्तरले पराजित गरेका थिए ।

 

अनुकूलता

  • कांग्रेसको परम्परागत प्रभाव
  • समावेशी नेतृत्व र सुशासनको एजेन्डा

प्रतिकूलता

  • प्रत्यक्ष संसदीय निर्वाचनको पहिलो अनुभव
  • बहुदलीय कडा प्रतिस्पर्धा
Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

ओमबहादुर घर्ती को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित