Home Candidate प्रबल थापा क्षेत्री

कांग्रेसको जीतको विरासत जोगाउनुपर्ने चुनौती

काठमाडौं - १ उम्मेदवार

प्रबल थापा क्षेत्री

नेपाली कांग्रेस
पुरुष , ४२ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

पारिवारिक पृष्ठभूमि राजनीतिक भए पनि परिवारका अन्य सदस्यहरू नेपाली कांग्रेसमा आबद्ध नरहे पनि उनी भने कांग्रेसमै रहेर निरन्तर राजनीतिमा सक्रिय रहँदै आएका छन् ।

०००

नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि प्रबल थापालाई उम्मेदवार बनाएको छ । २०४० सालमा काठमाडौंमा जन्मिएका थापा बानेश्वर क्षेत्रका स्थायी बासिन्दा हुन् । उनले नेपालमै प्रारम्भिक तथा स्नातक तहको अध्ययन पूरा गरी अस्ट्रेलियाबाट एमबीए अध्ययन गरेका छन् ।

थापा नेपाली कांग्रेसका महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि हुन् । साथै उनी तरुण विभाग सदस्य, नेपाल तरुण दलका केन्द्रीय सदस्य तथा नेपाली कांग्रेस काठमाडौं जिल्ला समिति सदस्यको जिम्मेवारीमा रहेका छन् ।

नेपाल विद्यार्थी संघबाट सुरु भएको उनको राजनीतिक यात्राले पार्टी संगठन, युवा नेतृत्व र स्थानीय राजनीतिमा उनलाई मजबुत रूपमा स्थापित गरेको पार्टीको दाबी छ ।

बाल्यकालमै बुबा प्रदीप थापाको निधन भएपछि थापा एकल आमाको संघर्ष, अनुशासन र मूल्य–मान्यतामा हुर्किएका हुन् ।

यही जीवन अनुभवले आफ्नो सामाजिक संवेदनशीलता, जिम्मेवारीबोध र सार्वजनिक सेवाप्रतिको प्रतिबद्धतालाई आकार दिएको थापाको भनाइ छ ।

यसअघि स्थानीय तहको राजनीति र संगठन विस्तारमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थापा काठमाडौं–१ कै स्थानीय नेता हुन् ।

पारिवारिक पृष्ठभूमि राजनीतिक भए पनि परिवारका अन्य सदस्यहरू नेपाली कांग्रेसमा आबद्ध नरहे पनि उनी भने कांग्रेसमै रहेर निरन्तर राजनीतिमा सक्रिय रहँदै आएका छन् ।

२०४६ सालको जनआन्दोलनमा सक्रिय प्रदीप थापाका छोरा प्रबल थापा राप्रपाका नेता कमल थापाका भान्जा तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्कीका ज्वाइँ पनि हुन् ।

बाल्यकालदेखि नै विद्रोही स्वभावका थापा आफ्नै मेहनतले नेपाली कांग्रेसभित्र स्थापित युवा नेता मानिन्छन् । उनी क्षेत्र नम्बर १ मात्र नभई समग्र काठमाडौं र पार्टीभित्र सहयोगी र लोकप्रिय युवाका रूपमा परिचित रहेको बताइन्छ ।

अघिल्लो निर्वाचनमा कांग्रेसले जितेको क्षेत्र भएकाले यसपटक पनि निरन्तरता पाउनेमा कांग्रेस आशावादी देखिन्छ । आफ्नो चुनावी एजेन्डाबारे थापा भन्छन्, 'शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारदेखि रोजगारी सिर्जनाका लागि ‘मिसन रोजगारी’ अभियान नै चलाएका छौँ । निर्वाचनपछि गगन थापाको नेतृत्वमा सरकार बनेपछि यिनै एजेन्डाअनुसार काम गर्छौं । १० वर्षमा मध्यम आय भएको देश बनाउने हाम्रो साझा संकल्प छ ।'

अनुकूलता

  • नेपाली कांग्रेसको बलियो संगठन र अघिल्लो निर्वाचनको जितको आधार
  • युवा नेतृत्व, संगठन निर्माण र स्थानीय राजनीतिमा सक्रिय अनुभव
  • शिक्षा, रोजगारी र विकासमा स्पष्ट नीतिगत एजेन्डा

प्रतिकूलता

  • बहुपक्षीय प्रतिस्पर्धाका कारण मत विभाजनको सम्भावना
  • पारिवारिक सम्बन्धका कारण आलोचना र राजनीतिक आरोपको सामना
  • काठमाडौं–१ मा वैकल्पिक र स्वतन्त्र राजनीतिक धारको बढ्दो प्रभाव
Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

प्रबल थापा क्षेत्री को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित