Home Candidate सागर ढकाल

अनुभवीलाई सागरको चुनौती

http://राष्ट्रिय%20स्वतन्त्र%20पार्टी
सागर ढकाल
गुल्मी - १ उम्मेदवार

सागर ढकाल

पुरुष , ३४ वर्ष, उम्मेदवारी : प्रतिनिधिसभा
२९६४२ मत
विजयी
Profile Election History
Profile Election History

ऊर्जा तथा जलस्रोत क्षेत्रमा १० वर्षभन्दा बढी काम गरेका ढकालले अक्सफोर्ड युनिभर्सिटीबाट एमएस्सी गरेका छन् ।

०००

गुल्मीको सत्यवती गाउँपालिका–६, पिपलनेटाका सागर ढकाल पेशाले इन्जिनियर हुन् । २०४८ असार २८ मा जन्मिएका उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिएका छन् ।

एउटा टेलिभिजन शोमा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरेर चर्चामा आएका ढकाल २०७९ मा डडेलधुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार थिए । त्यतिबेला देउवाकै निर्वाचन क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएका उनी १३ हजार ४२ मत सहित दोस्रो स्थानमा आएका थिए ।

ऊर्जा तथा जलस्रोत क्षेत्रमा १० वर्षभन्दा बढी काम गरेका ढकालले अक्सफोर्ड युनिभर्सिटीबाट एमएस्सी गरेका छन् ।

ढकाल रास्वपाका केन्द्रीय सदस्य हुन् । गुल्मी–१ मा ढकालसँगै नेकपा एमालेबाट प्रदीप ज्ञवाली, नेपाली कांग्रेसबाट डा. चन्द्र भण्डारी, नेपाली कम्युनिष्ट पार्टीबाट सुदर्शन बराल लगायतले उम्मेदवारी दिएका छन् ।

२०७९ मा यो क्षेत्रमा समानुपातिकतर्फ एमालेले २८ हजार ४५३, कांग्रेसले २३ हजार ४१३, रास्वपाले ८ हजार ११६ र माओवादीले ६ हजार २५७ मत प्राप्त गरेको थियो । प्रत्यक्षमा ३३ हजार ७४४ मत पाएर कांग्रेसका डा. चन्द्र भण्डारी निर्वाचित हुँदा रास्वपाका दामोदर भण्डारीले १ हजार ८८२ प्राप्त गरेका थिए । प्रत्यक्षमा तेस्रो स्थानमा आएको रास्वपाका उम्मेदवारले १ हजार ८८२ मत पाएका थिए ।

Battleground Analysis

अनुकूलता

  • अघिल्लो निर्वाचनको अनुभव
  • पार्टीकाे संस्थागत साथ
  • युवा र नवीन एजेन्डा

प्रतिकूलता

  • तुलनात्मक रुपमा कमजोर पार्टी संगठन
  • २०७९ को कमजोर प्रत्यक्ष मत
  • हेभिवेट प्रतिस्पर्धीहरू
शिक्षा
एमएस्सी
हालको दल
राष्ट्रिय स्वतन्त्र पार्टी

चुनावी इतिहास

निर्वाचन क्षेत्र प्रतिस्पर्धी प्रतिस्पर्धी मत प्राप्त मत मतान्तर नतिजा
प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ डडेल्धुरा - १ शेरबहादुर देउवा २५५३४ १३०४२ १२४९२ पराजित

सागर ढकालको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित

प्रतिस्पर्धी

सागर ढकाल
२९६४२
प्रदीपकुमार ज्ञवाली नेकपा एमाले
१५१८१
चन्द्रकान्त भण्डारी नेपाली कांग्रेस
१३५०५
VS