प्रदेशको जीत संघमा दोहोर्याउने चुनौती
प्रकाशबहादुर शाह सुदूरपश्चिमको राजनीतिमा भूगोल, नीति र प्रशासनिक अनुभवलाई जोडेर अघि बढेका प्रभावशाली नेताका रूपमा चिनिन्छन् । बाजुराको बुढीगंगा नगरपालिका–६ का स्थायी बासिन्दा शाहको जन्म २०२९ साल वैशाख ७ गते भएको हो ।
इन्जिनियरिङ अध्ययन गरेका उनी सुदूरपश्चिमको दुर्गम भूगोल, पूर्वाधारको आवश्यकता र विकासका सम्भावनाबारे स्पष्ट बुझाइ राख्ने नेताका रूपमा परिचित छन्।
शाहको राजनीतिक यात्रा नेकपा एमालेबाट सुरु भएको हो । एमालेको संगठन निर्माणमा सक्रिय रहँदै उनी अछाम जिल्ला कमिटी सचिवालय सदस्य तथा संगठन विभाग प्रमुखको जिम्मेवारीमा पुगे । यसअघि सम्म उनी एमालेको केन्द्रीय सदस्यसमेत थिए।
तर २०८२ साल कात्तिक २६ गते उनले एमाले परित्याग गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरे। एमाले छाडेपछि भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान’ मा संलग्न भएका शाह अन्ततः भीम रावलसहितकै समूहसँगै नेकपामा समाहित भए।
प्रदेश सरकारमा चार वर्षसम्म आन्तरिक मामिला तथा कानून मन्त्रालय र आर्थिक मामिला मन्त्रालयको नेतृत्व सम्हाल्दै उनले प्रशासन, सुरक्षा, कानूनी संरचना र आर्थिक व्यवस्थापनको प्रत्यक्ष अनुभव सँगाले।
२०७४ सालको प्रदेशसभा निर्वाचनमा शाह बाजुरा क्षेत्र नम्बर १ (ख) बाट उम्मेदवार बनेर १८ हजार ६८५ मतसहित विजयी भएका थिए। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका पदमबहादुर शाहीले १४ हजार ९७७ मत प्राप्त गरेका थिए। त्यतिबेला नेकपा एमाले र माओवादी केन्द्रबीच गठबन्धन रहेकाले शाहलाई बलियो संगठनात्मक समर्थन प्राप्त थियो।
प्रदेशसभा सदस्य निर्वाचित भएपछि शाहले सुदूरपश्चिम प्रदेशको राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गरे। उनी तत्कालीन नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता बनेर प्रदेश राजनीतिमा नेतृत्वदायी स्थानमा पुगे ।
प्रदेश सरकारमा चार वर्षसम्म आन्तरिक मामिला तथा कानून मन्त्रालय र आर्थिक मामिला मन्त्रालयको नेतृत्व सम्हाल्दै उनले प्रशासन, सुरक्षा, कानूनी संरचना र आर्थिक व्यवस्थापनको प्रत्यक्ष अनुभव सँगाले।
पूर्वाधार, बजेट र कानूनी संरचनासँग नजिकबाट काम गरेको अनुभवका कारण शाह सुदूरपश्चिमको राजनीतिमा प्रभावशाली नेतामध्ये गनिन्छन् ।
अनुकूलता
• इन्जिनियरिङ पृष्ठभूमि र सुदूरपश्चिमको भूगोलबारे गहिरो बुझाइ
• प्रदेश सरकारमा आन्तरिक मामिला, कानून र आर्थिक मामिला मन्त्रालय सम्हालेको कार्यकारी अनुभव
• संगठन र संसदीय दुवै तहमा नेतृत्वदायी भूमिका निर्वाह गरेको अनुभव
प्रतिकूलता
• हालसालै मात्र पार्टी परिवर्तन गर्दा मतदातामा स्थायित्वबारे प्रश्न उठ्न सक्ने अवस्था
• प्रदेशबाट संघीय राजनीतिमा उक्लिँदा नयाँ स्तरको प्रतिस्पर्धा
• बाजुरामा कडा राजनीतिक ध्रुवीकरण र विपक्षीको बलियो चुनौती
प्रकाश बहादुर शाह को उम्मेदवारि कस्तो लागयो ?


