Home Candidate राजेन्द्र प्रसाद वुर्लाकोटी

बुर्लाकोटीको तेस्रो प्रयास

चितवन - १ उम्मेदवार

राजेन्द्र प्रसाद वुर्लाकोटी

नेपाली कांग्रेस
पुरुष , ६६ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

२०५६ सालमा कांग्रेस नेतृ सावित्री बोगटी पाठकले निर्वाचन जिते यता चितवन- १ मा कांग्रेसका उम्मेदवारले जित्न सकेका छैनन् । कांग्रेसले यसपटक टिकट दिएका राजेन्द्रप्रसाद बुर्लाकोटी आफैं पनि यसअघि २ पटकसम्म टिकट पाएर जित्न सकेनन् ।

बुर्लाकोटी तेस्रोपटक उम्मेदवार बनेर पहिलो जितको खोजीमा छन् । २०६४, २०७०, २०७४ सालमा लगातार एमालेले जितेको यो निर्वाचन क्षेत्रमा २०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनाव जित्यो । उनै बुर्लाकोटी २०७० र २०७४ मा चुनाव हारे ।

२०७९ मा टिकटका दाबेदार बनेर बागी उम्मेदवारी दिएका उनले पछि उम्मेदवारी फिर्ता लिएर डा. विश्व पौडेललाई सहयोग गरे । यसपटक पनि बासु ढुंगानाले टिकट पाउने बुझेका बुर्लाकोटीले टिकट आफ्नै नाममा फुत्काए ।

२०१६ सालमा चितवनको काउलेमा जन्मिएका राजेन्द्र बुर्लाकोटी कांग्रेसका पुराना पाका नेतामा गनिन्छन् । २०३२ सालमा कांग्रेसको सदस्यता लिएका उनी ५० वर्षदेखि पार्टीमा निरन्तर लागिरहेका छन् । २०५० सालदेखि आधा दर्जन पटक कांग्रेसको महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि बनिसकेका छन् ।

बुर्लाकोटीले अहिलेसम्म राजनीतिक लाभको पद लिएका छैनन् । विभिन्न सामाजिक काममा सक्रिय बुर्लाकोटीले राप्ती–८ मा स्वास्थ्य चौकी बनाउन भूमिदान गरेका थिए । उनी साना शहरी खानेपानी विकास आयोजना चितवनको संस्थापक अध्यक्ष समेत हुन् ।

रत्ननगर, खैरहनी र राप्ती नगरपालिका समेटिएको चितवन–१ मा रत्ननगर र खैरहनीको नगर प्रमुख कांग्रेसले जितेको छ । राप्ती नेपाली कम्युनिस्ट पार्टीले जितेको छ । कांग्रेस बलियो देखिए पनि नतिजामा सधैं पछाडि पर्ने क्षेत्रमा हो, चितवन–१ ।

गत निर्वाचनमा कांग्रेसबाट उठेका डा. विश्वनाथ पौडेल पराजित भएका थिए । बुर्लाकोटीका लागि रास्वपाका उम्मेदवार हरि ढकाल र एमालेका दावा दोर्जे लामा मुख्य प्रतिस्पर्धी हुन् ।

अघिल्लोपटक माओवादी केन्द्र र एकीकृत समाजवादी पनि कांग्रेसको साथमा थियो भने यसपटक कांग्रेस एकल रूपमा चुनावमा होमिएको छ । रास्वपाका उम्मेदवार ढकालले यसअघि निर्वाचन जितेर पनि केही काम गर्न नसकेको भनेर भइरहेको आलोचना र एमालेको पार्टीभित्र देखिएको समस्याको फाइदा बुर्लाकोटीलाई नहोला भन्न सकिँदैन ।

तर, बुर्लाकोटी आफैंले चुनावी अभियानलाई कसरी लैजान्छ र कांग्रेसलाई एउटै लयमा हिँडाउन सक्छन् भन्ने कुराले पनि चुनावी परिणामलाई प्रभाव पार्ने देखिन्छ ।

प्रस्तुतिः सुवास पण्डित

 

Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

राजेन्द्र प्रसाद वुर्लाकोटी को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित