दहेज विरोधी अभियानकर्मी
सप्तरी-२ का रास्वपा उम्मेदवार इन्जिनियरिङ पृष्ठभूमिबाट राजनीतिमा उदाएका हुन् । राजविराज विहारपुरका उनी प्राविधिक ज्ञान, सामाजिक फिल्ड–वर्क र मधेश आन्दोलनको अनुभव मिसिएका प्रतिनिधि युवा नेता हुन्।
३० वर्षीय यादवले विद्युत इन्जिनियरिङमा बीइ गरेका छन् । उनी नवीकरणीय उर्जा, कार्बन क्रेडिट र सार्वजनिक खरिद सुधारजस्ता विषयमा विशेषज्ञता राख्ने व्यवसायीक रूपमा सफल प्राविधिक पनि हुन् ।
इजीवर्ल्ड इन्जिनियरिङ प्रालिका प्रबन्ध निर्देशकका रूपमा सात वर्षभन्दा बढी नेतृत्व अनुभव बटुलेका यादव प्रमाण–आधारित नीतिनिर्माण, कार्बन क्रेडिटमार्फत वैदेशिक आम्दानी र दिगो विकास मोडल निर्माण गर्न सक्षम उम्मेदवारको रूपमा अगाडि आएका छन्।
स्थानीय तहमा सव–इन्जिनियरिङ कलेज स्थापना, राजविराजको फोहोर व्यवस्थापनका लागि प्रशोधन केन्द्रको पहल, राज रङ्गशाला खेलमैदानको पूर्वाधार निर्माण, राजविराज–९ मा स्वास्थ्यचौकी भवन निर्माणको काममा संलग्न भएको उनी बताउँछन् ।
राजनीतिक रूपमा वञ्चित दलित तथा मुसहर बस्तीका लागि सडक, कल्भर्ट र आवास पूर्वाधार विस्तारजस्ता काममार्फत आफूले प्राविधिक ज्ञानलाई प्रत्यक्ष सेवा र पूर्वाधार विकाससँग जोड्ने काम गरेको बताउँछन् ।
उनले एमालेको मधेश आन्दोलन, मलेठ घटना र मेची–महाकाली अभियानविरुद्धको स्थानीय प्रतिरोधमा सक्रिय भूमिका खेलेका थिए । यादवले शहीद स्मृति पार्क निर्माण, पुनःछानबिन समितिको दबाब, हेल्प मधेसी, पुनरुत्थान नेपाल, राजविराज जेसीज जस्ता संगठनमार्फत रक्तदानदेखि बाढी–पीडित, बाढी र कोभिड महामारीका बेला राहत तथा स्वास्थ्य सेवा व्यवस्थापनसम्म निरन्तर सामाजिक सक्रियता देखाएका छन् ।
आफ्नै विवाहमा दाइजो नलिएर दहेजमुक्त अभियान घोषणा गरेको बताउँछन् । रामजी यादवलाई परम्परागत सत्ता–केन्द्रभन्दा फरक, योग्य र परिणाममुखी वैकल्पिक नेतृत्व खोज्ने मतदाताका लागि सन्तुलित तर दृढ विकल्पका रूपमा प्रस्तुत गरिएको छ।
Battleground Analysis
अनुकूलता
- युवा र ऊर्जावान
- सामाजिक तथा आन्दोलन अनुभव
- प्राविधिक र शैक्षिक दक्षता
प्रतिकूलता
- प्रत्यक्ष चुनावी अनुभवको कमी
- परम्परागत राजनीतिक संरचनासँग टकराव
- अत्यधिक ‘प्राविधिक’ छवि
रामजी यादवको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?


