भक्तपुर–२ मा चौथो प्रतिस्पर्धा, दोस्रो जितको खोजी
Battleground Analysis
अनुकूलता
- पार्टी म्यान्डेट: महाधिवेशनमा सचिवमा सर्वाधिक मत ल्याएर जितेकाले कार्यकर्ता पंक्तिमा उच्च मनोबल।
- संगठन: युथ फोर्स र एमालेको बलियो सञ्जाल। सूर्यविनायक नगरपालिकामा एमालेको पकड।
- विपक्षीको नयाँपन: कांग्रेसका कविर राणा नयाँ भएकाले बस्नेतको 'हेभीवेट' छविसँग प्रतिस्पर्धा गर्न गाह्रो हुन सक्छ।
प्रतिकूलता
- छवि: जेनजी आन्दोलनपछि एमाले र ओलीको बचाउमा सबैभन्दा पहिले बोल्ने व्यक्ति भएकाले आक्रोशित युवा पुस्ताले बस्नेतलाई 'तारो' बनाउन सक्छन्।
- रास्वपाको प्रभाव: नयाँ बस्ती र सहरी मतदाता (जसले २०७४ मा बस्नेतलाई भोट हालेका थिए) अब रास्वपातिर ढल्किँदा एमालेको भोट बैंकमा क्षति पुग्न सक्छ।
- नेमकिपा फ्याक्टर: भक्तपुरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को भोट निर्णायक हुन्छ।
राजनीतिक स्वभाव र शैली
युथ फोर्सका संस्थापक
माओवादीको 'वाइसिएल' को आक्रामकता रोक्न 'युथ फोर्स' गठन गरेर सडकमा कडा प्रतिवाद गरेको इतिहास। उनको राजनीतिमा 'मसल र मोबिलाइजेसन' को प्रभाव देखिन्छ।
ओलीका विश्वासपात्र
केपी शर्मा ओलीसँगको सम्बन्ध 'नङ र मासु' जस्तै छ। जेनजी आन्दोलनपछि बालकोट निवास ध्वस्त हुँदा अध्यक्ष ओलीलाई आफ्नै गाउँ गुण्डुमा घर खोजेर राख्नुले उनको वफादारी पुष्टि गर्छ।
विकास र विवाद
भक्तपुरमा अर्बौंको बजेट भित्र्याएर विकास गरेको दाबी गर्ने बस्नेत, आफ्ना विवादास्पद अभिव्यक्ति र विपक्षीप्रतिको खरो टिप्पणीका कारण सधैं चर्चा र विवादमा रहन्छन्।
कमब्याकको प्रयास
पार्टीको ११औं महाधिवेशनमा सचिवहरूमध्ये सर्वाधिक मत ल्याएर जितेका बस्नेत, २०७९ को संसदीय हारको बदला लिन र आफ्नो 'पावर' देखाउन आतुर छन्।
चुनावी इतिहास
| निर्वाचन | क्षेत्र | प्रतिस्पर्धी | प्रतिस्पर्धी मत | प्राप्त मत | मतान्तर | नतिजा |
|---|---|---|---|---|---|---|
| २०७० | भक्तपुर-२ | रामेश्वर ढुंगेल | २१११९ | १६०६८ | ५०५१ | पराजित |
| २०७४ | भक्तपुर-२ | दमननाथ ढुंगाना | १८६८७ | ३६४१२ | १७७२५ |
|
| २०७९ | भक्तपुर-२ | दुर्लभ थापा | २३२३९ | २३२८२ | ९५७ | पराजित |
राजनीतिक टाइमलाइन
२०४९: नेकपा (एमाले) को साधारण सदस्य। २०५४: २३ वर्षको उमेरमा गुण्डु गाविसको अध्यक्ष निर्वाचित (देशकै कान्छो गाविस अध्यक्ष)। २०६० को दशक: युथ फोर्सको संस्थापक अध्यक्ष। माओवादीसँगको सडक संघर्षमा नेतृत्व।
पराजय
भक्तपुर–२ बाट पहिलो संसदीय प्रतिस्पर्धा (कांग्रेसका रामेश्वर ढुंगेलसँग पराजित)।
सांसद नहुँदै केपी ओलीको क्याबिनेटामा उद्योग मन्त्री।
निर्वाचनमा जय-पराजय
२०७४: भक्तपुर–२ बाट दमननाथ ढुंगानालाई भारी मतले हराउँदै प्रतिनिधिसभा सदस्य निर्वाचित। २०७९: कांग्रेसका दुर्लभ थापासँग झिनो मतले पराजित।
एमाले सचिवमा निर्वाचित
एमालेको ११औं महाधिवेशनमा सचिव (सर्वाधिक मत) निर्वाचित। भक्तपुर–२ बाट चौथोपटक उम्मेदवार।
महेश बस्नेतको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?








