जन्मेको भूगोलमा पहिलो पटक चुनावी प्रतिस्पर्धा
Battleground Analysis
अनुकूलता
- पञ्चायतकालदेखिको निरन्तर संघर्ष र योगदान।
- अर्थशास्त्रमा पीएचडी, नीति निर्माणमा दखल।
- लोकतन्त्र र पार्टी संगठनप्रति पूर्ण प्रतिबद्ध।
प्रतिकूलता
- गुटगत राजनीति गर्ने आरोप।
- विगतमा मन्त्री हुँदा कर्मचारीसँगको विवाद र केही निर्णयमा आलोचित।
- काठमाडौं केन्द्रित राजनीति गरेको र जिल्लामा कम भिजेको भन्ने गुनासो।
राजनीतिक स्वभाव र शैली
विद्यार्थी राजनीति
७ कक्षादेखि नै नेविसंघमा आबद्ध। २०३९ देखि २०४४ सम्म नेविसंघको महामन्त्री। पञ्चायतकालमा पटक–पटक जेल जीवन र २०४२ सालको सत्याग्रह तथा २०४६ को जनआन्दोलनमा नेतृत्वदायी भूमिका।
बौद्धिक व्यक्तित्व
अमेरिकाको साउथर्न इलिनोइस युनिभर्सिटीबाट अर्थशास्त्रमा पीएचडी र नीति अर्थशास्त्रमा स्नातकोत्तर। उनले नेपाली कांग्रेसको आर्थिक नीतिमा थेसिस र पुस्तक लेखन गरेका छन्।
दाजुको छाया र आफ्नै संघर्ष
चर्चित अर्थमन्त्री डा. रामशरण महतको भाइ भएकाले 'दाजुको कारण अवसर पाएको' आरोप लागे पनि उनको आफ्नै शैक्षिक र राजनीतिक संघर्षको बलियो जग छ।
देउवा क्याम्पका विश्वासिला
सभापति शेरबहादुर देउवाको अत्यन्त विश्वासिलो पात्रका रूपमा उनले पार्टी संगठन र सत्ता सञ्चालनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन् ।
चुनावी इतिहास
| निर्वाचन | क्षेत्र | प्रतिस्पर्धी | प्रतिस्पर्धी मत | प्राप्त मत | मतान्तर | नतिजा |
|---|---|---|---|---|---|---|
| २०७४ | काठमाडौं-५ | ईश्वर पोखरेल | २३,०२९ | १३,१६९ | ९,८६० | पराजय |
| २०७९ | समानुपातिक |
|
||||
| २०६४ | समानुपातिक |
|
||||
| २०७० | समानुपातिक |
|
राजनीतिक टाइमलाइन
विद्यार्थी राजनीति र संघर्ष
२०२९/३० : कक्षा ७ मा पढ्दादेखि नै नेविसंघ मार्फत राजनीतिमा चासो। २०३६ साल: नेविसंघको केन्द्रीय सदस्य निर्वाचित (जनमत संग्रहको समयमा सक्रिय)।
नेविसंघ महामन्त्री
२०३९ – २०४४ : नेविसंघको महामन्त्री । २०४२ : सत्याग्रहमा सक्रिय सहभागिता, जेल जीवन। २०४६: जनआन्दोलनमा नेपाली कांग्रेसको ५ सदस्यीय 'एक्सन कमिटी' सदस्य।
नीति निर्माण
२०४७ पछि: उच्च शिक्षाका लागि अमेरिका प्रस्थान (अर्थशास्त्रमा विद्यावारिधि)। २०५४ : अध्ययन सकेर नेपाल फिर्ता, राजनीतिमा पुनः सक्रिय। २०५५/५६: नेपाली कांग्रेसको 'केन्द्रीय आर्थिक नीति निर्माण समिति' मा सदस्य। २०५६ : माओवादी समस्या समाधान उच्चस्तरीय समितिको सदस्य सचिव।
राजकीय जिम्मेवारी
२०५८ : प्रधानमन्त्री शेरबहादुर देउवाको सल्लाहकार। २०५८ चैत – २०५९ असोज : राष्ट्रिय योजना आयोगको सदस्य। २०५९ : नेपाली कांग्रेस (प्रजातान्त्रिक) को केन्द्रीय सदस्य। २०६१ जेठ – २०६१ माघ १९ : परराष्ट्र राज्यमन्त्री।
संसदीय राजनीति
२०६३ : अन्तरिम व्यवस्थापिका संसदको सदस्य। २०६३ – २०६४: राष्ट्रिय शान्ति समितिको सदस्य। २०६४ : पहिलो संविधानसभामा समानुपातिक तर्फबाट सभासद। २०६४ साउन – २०६५ जेठ: विद्रोही समूहसँग वार्ता गर्न गठित सरकारी वार्ता टोलीको सदस्य। २०६६ – २०६७ : ऊर्जा मन्त्री (माधव कुमार नेपाल नेतृत्वको सरकारमा)।
परराष्ट्र मन्त्री
२०७० : दोस्रो संविधानसभामा समानुपातिक तर्फबाट सभासद। संविधान मस्यौदा समिति सदस्य। २०७३ – २०७४ : परराष्ट्र मन्त्री (प्रचण्ड–कांग्रेस गठबन्धन सरकारमा)।
सहमहामन्त्री
नेपाली कांग्रेसको सहमहामन्त्री
कांग्रेस प्रवक्ता
नेपाली कांग्रेसको प्रवक्ता।
अर्थमन्त्री
अर्थमन्त्री (प्रचण्ड सरकारमा)।
प्रकाशशरण महतको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?







