११ वर्ष भूमिगत, पाँच प्रतिस्पर्धामा तीन जित
Battleground Analysis
अनुकूलता
- विकासको जस: परराष्ट्र मन्त्री हुँदा गुल्मीमा ल्याएका सडक (मदन भण्डारी राजमार्ग), पुल र शैक्षिक पूर्वाधारका योजना।
- संगठन: एमालेको सुदृढ संगठन र 'लोयल भोट बैंक'।
- छवि: पार्टीभित्र र बाहिरका विवादमा कम मुछिएको 'मिस्टर क्लिन' को छवि।
प्रतिकूलता
- एन्टी-इन्कम्बेन्सी: ३० वर्षदेखि एउटै अनुहार राजनीतिमा रहँदा मतदातामा देखिने वितृष्णा।
- भोट कटौती: सुदर्शन बरालले कम्युनिष्ट भोट र सागर ढकालले 'पढेलेखेका युवा' को भोट काट्दा ज्ञवालीलाई नै बढी क्षति हुन सक्ने जोखिम।
राजनीतिक स्वभाव र शैली
पार्टीको 'ब्रेन'
एमालेभित्रका मुख्य वैचारिक नेता । दस्तावेज लेखन र नीति निर्माणमा उनको भूमिका सधैं निर्णायक हुन्छ।
शालीनता
संसदमा होस् वा सार्वजनिक मञ्चमा, विपक्षीलाई गालीगलौज नगरी तार्किक र नम्र रूपमा आलोचना गर्ने शैली। यही कारण उहाँलाई विपक्षी दलका कार्यकर्ताले पनि सम्मान गर्छन्।
साहित्यिक व्यक्तित्व
राजनीतिज्ञ मात्र नभई स्थापित साहित्यकार (उपन्यास, निबन्ध, कविता लेखक)। उनको भाषण र लेखमा साहित्यिक चेत र गहिराइ पाइन्छ।
अन्तर्राष्ट्रिय कूटनीति
परराष्ट्र मन्त्री हुँदा सन्तुलित परराष्ट्र नीति अभ्यास गरेको र 'सगरमाथा संवाद' जस्ता अवधारणा अघि सारेको जस।
चुनावी इतिहास
| निर्वाचन | क्षेत्र | प्रतिस्पर्धी | प्रतिस्पर्धी मत | प्राप्त मत | मतान्तर | नतिजा |
|---|---|---|---|---|---|---|
| २०५६ | गुल्मी-२ | २४३४५ |
|
|||
| २०६४ | गुल्मी-२ | डा. चन्द्र भण्डारी | २११०१ | २३,२५३ | २१५२ |
|
| २०७० | गुल्मी-२ | डा. चन्द्र भण्डारी | २१,१८९ | १८६८१ | २५०८ | पराजित |
| २०७४ | गुल्मी-१ | डा. चन्द्र भण्डारी | ३०२५६ | ३७८१४ | ७५५८ |
|
| २०७९ | गुल्मी-१ | डा. चन्द्र भण्डारी | ३३७४४ | ३२१५२ | १५९२ | पराजित |
राजनीतिक टाइमलाइन
विद्यार्थी राजनीति
अखिल नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट राजनीति आरम्भ।
भूमिगत जीवन
कम्युनिष्ट पार्टीको सदस्यता। भूमिगत जीवन सुरु (१५ वर्षको उमेरमा)। २०३४ - २०४६: ११ वर्ष भूमिगत जीवन। गुल्मी-पाल्पा कमिटी सदस्य हुँदै सचिवसम्म।
२०५४: एमालेको छैटौं महाधिवेशनबाट केन्द्रीय सदस्य। २०५६: गुल्मी–२ बाट निर्वाचित (पहिलो संसदीय जित)।
पर्यटन मन्त्री
पर्यटन मन्त्री (शान्ति प्रक्रिया लगत्तै)।
पार्टी पदाधिकारीमा
(नवौं महाधिवेशन): पार्टी सचिव निर्वाचित।
परराष्ट्र मन्त्री
परराष्ट्र मन्त्री (केपी ओली सरकारमा)।
उपमहासचिव निर्वाचित
(दशौं महाधिवेशन): पार्टी उपमहासचिव।
चुनावमा पराजित, पार्टीमा पछाडि
२०७९: गुल्मी–१ मा डा. चन्द्र भण्डारीसँग पराजित। २०८२ सालमा भएको एघारौं महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित ।
प्रदीपकुमार ज्ञवालीको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?








