Home Candidate अस्‍मिन घिमिरे

युवालाई जित्ने जिम्मेवारी

चितवन - २ उम्मेदवार

अस्‍मिन घिमिरे

नेकपा एमाले
पुरुष , ३८ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

नेकपा (एमाले)ले चितवन–२ मा पछिल्लो चारमध्ये दुईवटा निर्वाचनमा पराजय भोग्यो । २०७० र २०७४ मा निर्वाचित एमाले केन्द्रीय सदस्य कृष्णभक्त पोखरेलले २०७९ को चुनाव हारे ।

२०८० को उपनिर्वाचनमा उठेका रामप्रसाद न्यौपानेले जित निकाल्न सकेनन् । यसपटक एमालेले चितवन–२ मा युवा नेता अस्मिन घिमिरेलाई अघि सारेको छ ।

२०४४ सालमा गोरखाको सिरानचोकमा जन्मिएका घिमिरे भरतपुर महानगरपालिका वडा नं. १२ मा स्थायी बसोवास गर्छन् । २०६० सालदेखि अनेरास्ववियूमा आवद्ध उनी २०६५ मा अनेरास्ववियू सप्तगण्डकी बहुमुखी क्याम्पसको इकाइ अध्यक्ष बने ।

अञ्चल कमिटी हुँदै अनेरास्ववियूको सचिवालय सदस्य तथा विदेश विभागको सचिव बने । युवा संघको केन्द्रीय प्रचार विभागको सदस्य बनेर केन्द्रीय सचिवालय सदस्यसम्म बनेका घिमिरे अहिले एमाले बागमती प्रदेश कमिटी सदस्य तथा जनसांस्कृतिक महासंघ बागमती प्रदेशको इन्चार्ज छन् ।

२०७१ मा युवा परिषद् चितवनको अध्यक्ष बनेका थिए । युवाहरूलाई समस्या पर्दा गएर सहयोग गर्ने घिमिरे गीत गाउँदै मतदातासँग मत मागिरहेको भेटिन्छन् ।

२०७९ को निर्वाचनमा समानुपातिकमा रास्वपाले ३५ हजार ९४५ पाउँदा एमालेको १६ हजार ७८४ मत थियो । एमालेका उम्मेदवारहरूले प्रत्यक्षतर्फ २०७९ मा कृष्णभक्त पोखरेलले १४ हजार ६५२ र २०८० मा रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत पाएका थिए ।

घिमिरेले यसअघिका दुई निर्वाचनमा एमाले उम्मेदवारले ल्याएको मत भन्दा बढी मत ल्याउने प्रयास गरेका छन् ।

प्रस्तुतिः सुवास पण्डित

 

Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

अस्‍मिन घिमिरे को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित