Home Candidate रेवतीरमण शर्मा घिमिरे

प्रतिनिधिसभामा पुग्ने तेस्रो प्रयास

दाङ - १ उम्मेदवार

रेवतीरमण शर्मा घिमिरे

नेकपा एमाले
पुरुष , ६८ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

नेकपा (एमाले)को केन्द्रीय लेखा आयोगका सदस्य रेवतीरमण शर्मा घिमिरेको जन्म २०१४ सालमा लमही–६, खैरी देउखुरीमा भएको हो । उनी २०३२ सालमा स्कूले जीवनमै अखिल विद्यार्थी संगठनमा आवद्ध भएका थिए ।

२०३५ सालमा अखिल विभाजनसँगै उनी अखिल छैटौंमा लागे । राजनीति र पढाइलाई सँगै अघि बढाएका शर्माले २०३९ सालमा अर्थशास्त्रमा स्नातकोत्तर गरे ।

२०४४ सालमा जिल्ला कार्यदल सदस्य मनोनीत भए । २०४७ पुस १ गते पार्टी सदस्यता प्राप्त गरे । त्यसपछि देउखुरी क्षेत्रको इलाका इन्चार्जको जिम्मेवारी पाए ।

२०५४ मा नेपालगञ्जमा आयोजित छैटौं महाधिवेशनबाट एमाले फुटेर माले बन्यो । दाङको ठूलो तप्का मालेतिर लागे । शर्मा एमालेमै बसे । २०५४ सालमै जिल्ला सचिवालय सदस्य भए । २०५९ मा शर्मा जिल्ला कमिटी सचिव बने ।

२०६४ सालमा साविक राप्ती अञ्चल कमिटी सदस्य बने । १०औं महाधिवेशनबाट केन्द्रीय लेखा आयोग सदस्य निर्वाचित उनलाई ११औं महाधिवेशनले त्यही जिम्मेवारीमा दोहोर्‍यायो ।

२०५४ सालमा चौलाही गाउँविकास समितिको अध्यक्ष निर्वाचित भए । पाँच वर्ष गाविस अध्यक्षको जिम्मेवारी पूरा गरेपछि पार्टी संगठनमा फर्किए ।

दाङ–१ बाट २०६४ मा संविधानसभा सदस्यमा उठेका उनी माओवादी केन्द्रका इन्द्रजित थारूसँग पराजित भए । दोस्रो पटक संविधानसभामा पुग्ने प्रयासमा नेपाली कांग्रेसकी सुशीला डिसी चौधरी बाधक बनिन् । २०७० को चुनावमा पराजित भएपछि २०७४ मा दाङ १ (२) बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिए । एमाले–माओवादी गठबन्धनबाट उम्मेदवारी दिएका उनले कांग्रेसलाई फराकिलो मतान्तरले पराजित गरे ।

२०७९ मा सत्ता गठबन्धनका उम्मेदवारले जितेको यो क्षेत्रमा समानुपातिकतर्फ एमालेले सबैभन्दा बढी मत पाएको थियो । दोस्रो बढी मत पाएको कांग्रेसको भन्दा एमालेको तीन हजार मत बढी थियो । तेस्रो स्थानको माओवादी र चौथो स्थानको रास्वपाको भन्दा एमालेले साढे ६ हजार मत बढी पाएको थियो ।

कांग्रेसका योगेन्द्र चौधरी, नेकपाका मेटमणि चौधरी, रास्वपाका देवराज पाठक लगायत यो क्षेत्रमा शर्माका प्रतिस्पर्धी छन् ।

Expand Reading..
शिक्षा
संसदीय अनुभव
लुम्बिनी प्रदेश सभा सदस्य
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

रेवतीरमण शर्मा घिमिरे को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित