Home Candidate शिव कुमार मण्डल (केवट)

संघर्षबाट उदाएका मण्डल

मोरङ - ५ उम्मेदवार

शिव कुमार मण्डल (केवट)

नेपाली कम्युनिस्ट पार्टी
पुरुष , ५० बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

नेकपाका नेता शिवकुमार मण्डल छैटौं पटक चुनावी प्रतिस्पर्धा गरिरहेका छन् ।

०००

मोरङ क्षेत्र नम्बर ५ बाट २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता शिवकुमार मण्डल चुनावी प्रतिस्पर्धामा छन् । यो उनको छैटौं प्रतिस्पर्धा हो। दुई पटक जनता समाजवादी पार्टीका उम्मेदवारसँग निकटतम प्रतिद्वन्द्वी रहँदै पराजित उनी दुईपटक नेपाली कांग्रेसका उम्मेदवारसँग निकटतम प्रतिस्पर्धीमा सीमित भए । एक पटक स्वतन्त्र उम्मेदवारले जित्यो ।

माओवादी बिद्रोहबाट उदाएका मण्डललाई २०६३ सालमा पुनर्स्थापित अन्तरिम प्रतिनिधिसभामा मनोनीत गरिएको थियो । तर देशभरि माओवादीको लहर चलेको २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमै मण्डल मोरङ–४ बाट पराजित भए ।

२०६५ सालमा भएको उपनिर्वाचनमा पनि मधेशी जनअधिकार फोरमका नेता जयराम यादवसँग पनि पराजित भए । सुनसरी–४ र मोरङ–५ मा चुनाव जितेका उपेन्द्र यादवले मोरङ छाडेपछि मण्डलले जयरामसँग उपनिर्वाचनमा प्रतिस्पर्धा गरेका थिए ।

२०७० सालको दोस्रो संविधानसभामा भने उनी मोरङ–४, बाट निर्वाचित भए । संविधान जारी भएपछि मोरङ–४ र ५ का अधिकांश क्षेत्र समेटेर क्षेत्र नम्बर ५ बन्यो । तत्कालीन मोरङ–४ मा कांग्रेस उम्मेदवार गयानन्द मण्डललाई ८ मतले पराजित गर्दै उनले जितेका थिए ।

मण्डल विजयी हुँदा जसपा उम्मेदवार राजकुमार यादव तेस्रो भएका थिए । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा मोरङ–५ बाट मण्डल विजयी हुँदा यादव तेस्रो नै भए । २०७४ सालमा कांग्रेस नेता अमृत अर्याल दोस्रो भएका थिए । २०७९ सालको निर्वाचनमा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डल विजयी हुँदा शिवकुमार दोस्रो भए ।

२०७० सालमा तत्कालीन मोरङ–४  बाट माओवादी उम्मेदवार मण्डलले ९ हजार ३६० मतसहित विजयी हुँदा कांग्रेस उम्मेदवार गयानन्द मण्डलले ९ हजार ३ सय ५२ मत पाएका थिए । दुई उम्मेदवारको मतान्तर जम्मा ८ मत थियो । २०७४ सालमा निर्वाचित भएपछि मण्डल आपूर्ति मन्त्री बने ।

२०७४ सालमा मण्डलले २२ हजार ९ सय ४५ मत ल्याएर जिते । कांग्रेस उम्मेदवार अमृत अर्यालले १९ हजार १ सय ५३ मत पाए । जसपा उम्मेदवार राजकुमार यादवले १८ हजार ६ सय ४९ मत पाए ।

२०७९ सालको निर्वाचनमा योगेन्द्र मण्डल २१ हजार ८२० मत सहित विजयी हुँदा दोस्रो भएका शिवकुमार मण्डलले १७ हजार ४८६ मत प्राप्त गरेका थिए । जसपा उम्मेदवार यादवले १७ हजार ३९० मत प्राप्त गरेका थिए ।

मण्डलले २०४८ सालमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीति सुरु गरेका थिए । २०५३ सालबाट अखिल क्रान्तिकारीमा जोडिए । २०५६ सालमा पार्टी जिल्ला कमिटी सदस्य बनेका उनी २०५८ सालमा मधेशी राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय सदस्य बने । उनी मोर्चाको केन्द्रीय उपाध्यक्षसम्म भए ।

मण्डल २०६३ सालमा मधेशी राष्ट्रिय मुक्ति मोर्चाको वरिष्ठ उपाध्यक्ष भए  । माओवादी आन्दोलनका क्रममा उनी २०५५ सालमा घरबाटै पक्राउ परे, २०५९ सालमा भारतमा पक्राउ परेका उनी भारतको अररिया जेलमा १ वर्ष बसेका थिए ।

अनुकूलता

  • माओवादी जनयुद्धदेखि राजनीतिमा सक्रिय रहेको लामो अनुभव
  • सांसद र मन्त्री बनिसकेको पृष्ठभूमि
  • बलियो पकड क्षेत्रबाटै उम्मेदवार बन्नु

प्रतिकूलता

  • बारम्बार एउटै क्षेत्रबाट उम्मेदवार बनिरहनु
  • जितेको भन्दा हारेको संख्या धेरै हुनु
  • स्वतन्त्र उम्मेदवार उम्मेदवारेले नै जितेको नजीर
Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

शिव कुमार मण्डल (केवट) को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित