Home Candidate ठाकुर प्रसाद गैरे

दोस्रो पटक जुरेको अवसर

पाल्पा - २ उम्मेदवार

ठाकुर प्रसाद गैरे

नेकपा एमाले
पुरुष , ५७ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

मनोनयन दर्ताको मिति आउन केही दिन बाँकी हुँदा नेकपा (एमाले) सचिवालय बैठकले पाल्पा–२ मा पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई उठाउने निर्णय गर्‍यो । पटक–पटक रूपन्देहीबाट चुनाव जित्दै आएका पौडेलको आगमनसँगै ठाकुरप्रसाद गैरेले टिकट नपाउने लगभग पक्कापक्की जस्तै भयो ।

एमालेको एघारौं महाधिवेशनमा ईश्वर पोखरेलको पक्षमा खुलेका गैरेलाई उठ्न नदिनकै लागि पौडेललाई पाल्पा बोलाएको कतिपयको आशंका थियो । विभिन्न कारणले पूर्व अर्थमन्त्री पौडेल रूपन्देही फर्किने भएपछि पाल्पा–२ मा गैरे उम्मेदवार बन्ने सम्भावना बढ्यो । अन्ततः माघ ६ गते उनले मनोनयन दर्ता गर्न पाए ।

अन्तरपार्टी संघर्षमा संस्थापनको भन्दा भिन्न मत राखेकै कारणले अवसरबाट वञ्चित हुनु परेको गैरे निकट नेताहरूको भनाइ छ । २०७८ भदौमा पार्टी विभाजन हुँदा एमालेमै बसेपछि २०७९ मै उनले टिकट पाएर निर्वाचित भएका थिए ।
२०२५ जेठमा उत्तरी पाल्पाको बराङ्डीमा जन्मएिका गैरे स्कूले जीवनमा नेपाल स्काउट, नेपाल रेडक्रस सोसाइटी, परोपकार संघ, चारपाते युवा क्लब, गाउँले युवा क्लबलगायत संघ–संस्थामा आबद्ध थिए । त्यसपछि विद्यार्थी राजनीतिमा आए । २०५१ सालमा त्रिभुवन विश्वविद्यालयमा स्ववियू सचिव निर्वाचित भए ।

अनेरास्ववियूको जिल्ला कमिटी अध्यक्षहुँदै २०५३ मा केन्द्रीय सदस्य, केन्द्रीय सचिवालय सदस्य, सचिव, महासचिव हुँदै २०६३ मा केन्द्रीय अध्यक्षमा निर्वाचित भए ।

पार्टीको आठौं, नवौं र दशौं महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य चुनिएका गैरे पोलिटब्यूरो सदस्य बने । एघारौं महाधिवेशनमा सचिवमा पराजित भएका उनी केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

२०७९ मा गैरेले पराजित गरेका तत्कालीन सत्ता गठबन्धनका उम्मेदवार सोमप्रसाद पाण्डेय नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट उठेका छन् । नेकपा साविक माओवादी केन्द्र र एकीकृत समाजवादी लगायत मिलेर बनेको पार्टी हो । त्यतिबेला गठबन्धनको चुनावी कमाण्डर रहेका हिमालदत्त श्रेष्ठले कांग्रेसबाट उम्मेदवारी दिएका छन् ।

समानुपातिकतर्फ एमालेको २२ हजार ५२९, कांग्रेसले २० हजार १५४, रास्वपाले ८ हजार ३७७, माओवादी केन्द्रले ५ हजार ९९४ र एकीकृत समाजवादीले १ हजार ३०६ मत ल्याएको थियो ।

कांग्रेस, नेकपा लगायतको गठबन्धन नहुनु गैरेका लागि अनुकूलता र अन्तरसंघर्षको असर निर्वाचनमा पर्न नदिनु प्रतिकूलता रहेका छन् ।

 

Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

ठाकुर प्रसाद गैरे को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित