Home Candidate वीरमान चौधरी

कमैयादेखि संसद्सम्मको अनुभव

कैलाली - ३ उम्मेदवार

वीरमान चौधरी

नेपाली कम्युनिस्ट पार्टी
पुरुष , ५२ बर्ष, उम्मेदवारी : प्रतिनिधि सभा
Profile

वीरमान चौधरी २१ वर्षको उमेरमा कामको खोजीमा कमैया जीवन त्यागेर भारत पुगे। जम्मु–कश्मीरमा गाडीका पार्टपुर्जा बनाउने कम्पनीमा मजदुरी गर्दै उनले कमैयाबाट मजदुरसम्मको अर्को जीवन चक्र सुरु गरे। मजदुर बनेपछि उनले पहिलो पटक स्वतन्त्रताको अनुभूति गरे।

२०३० साल साउन २६ गते जन्मिएका वीरमान चौधरीको जीवन उतार–चढावमै बित्यो। अर्काको घरमा कमैया बसेर बाल्यकाल र युवावस्था गुजारेका उनले पाँच वर्षसम्म कमैयाको कठोर जीवन भोगे। त्यही अनुभवले उनलाई उत्पीडन, असमानता र अन्यायविरुद्ध बोल्न सक्ने नेतामा रूपान्तरण गर्‍यो।

कमैया जीवनमा मालिकबाट थोत्रा लुगा पाएको र पछि पार्टी भित्र पनि त्यस्तै व्यवहार भएको टिप्पणी गर्न नहिच्किचाउने चौधरी चित्त नबुझेको विषय खुलेर राख्ने नेताका रूपमा चिनिन्छन्।

साक्षर रहेका उनी २१ वर्षको उमेरमा कामको खोजीमा कमैया जीवन त्यागेर भारत पुगे। जम्मु–कश्मीरमा गाडीका पार्टपुर्जा बनाउने कम्पनीमा मजदुरी गर्दै उनले कमैयाबाट मजदुरसम्मको अर्को जीवन चक्र सुरु गरे। मजदुर बनेपछि उनले पहिलो पटक स्वतन्त्रताको अनुभूति गरे।

भारतमा रहँदा उनी तत्कालीन नेकपा (माओवादी) को सम्पर्कमा पुगे । तीन महिनासम्म नगर सचिव र एरिया कमिटी सचिवालयमा रहेर भारतमै पार्टी काम गरेपछि २०५६ सालमा उनी स्वदेश फर्किए।

नेपाल फर्किएपछि एरिया कमिटी सचिव हुँदै जनमुक्ति सेनाको महाकाली क्षेत्रको सह–कमान्डर बने। सशस्त्र संघर्षको मोर्चामा सक्रिय रहेका चौधरी २०५६ सालमा माओवादीको पूर्णकालीन सदस्य बने र २०५७ सालमा कञ्चनपुर जिल्ला कमिटी सदस्यको जिम्मेवारी पाए।

२०५७ देखि २०५९ सालसम्म दुई वर्ष उनी बझाङ जिल्लाको इन्चार्ज भएर काम गरे । सशस्त्र युद्धको क्रममा २०६२ सालमा माओवादी सेनाको बटालियन कमिसार बनेका उनी २०६२/६३ को जनआन्दोलनपछि कैलाली–कञ्चनपुर क्षेत्रको पार्टी सेक्रेटरी बने। युद्धबाट शान्ति प्रक्रियासम्मको यात्रामा उनी संगठन र नेतृत्व दुवै तहमा खारिँदै गए।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा कैलाली-३ बाट उम्मेदवार बनेका चौधरीले सानदार जित हासिल गरे। १९ हजार ७७२ मतसहित निर्वाचित उनका निकटतम प्रतिस्पर्धी राप्रपाका मोहनराज मल्लले जम्मा ६ हजार ५३३ मत प्राप्त गरे । यही निर्वाचनले कमैयाबाट संविधान निर्माण गर्ने सांसद्‌सम्मको उनको यात्रा राष्ट्रिय रूपमा चिनायो।

पार्टी भित्र पनि उनको हैसियत क्रमशः बढ्दै गयो । २०७० सालमा उनी पार्टीको केन्द्रीय सदस्य बने भने २०७२ सालमा पोलिटब्युरो सदस्यको जिम्मेवारी पाए ।

२०७४ सालको प्रदेशसभा निर्वाचनमा कैलाली-४ (क) बाट उम्मेदवार बनेका चौधरीले १५ हजार ८६३ मत ल्याएर पुनः विजयी भए । यस निर्वाचनमा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका पुरनप्रसाद चौधरीले १२ हजार २६१ मत प्राप्त गरेका थिए।

कैलारी गाउँपालिका–५, फल्कापुर स्थायी घर भएका वीरमान चौधरी अहिले फेरि प्रतिनिधिसभा निर्वाचन २०८२ मा कैलाली–३ बाट उम्मेदवार बनेका छन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले प्रत्यक्षतर्फको उम्मेदवार बनाएसँगै उनी आफ्नो संघर्षको इतिहास दोहोर्‍याउने तयारीमा छन्।

अनुकूलता

  • कमैया जीवनदेखि सशस्त्र संघर्ष र संसदीय यात्रासम्मको संघर्षपूर्ण पृष्ठभूमि
  • संविधानसभा, प्रदेशसभा र पार्टी नेतृत्व तहको राजनीतिक अनुभव
  • थारु समुदाय र श्रमिक वर्गसँगको सम्बन्ध

प्रतिकूलता

  • सीमित औपचारिक शैक्षिक पृष्ठभूमि
  • बदलिँदो मतदाता अपेक्षा र नयाँ पुस्ताको राजनीतिसँग आफूलाई पुनर्स्थापित गर्नुपर्ने दबाब
Expand Reading..
शिक्षा
संसदीय अनुभव
२०७९ को मतान्तर
हालको दल
सरकारको अनुभव

वीरमान चौधरी को उम्मेदवारि कस्तो लागयो ?

0%
खुसी
0%
दुःखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित