खेम प्रसाद लोहनी नेकपा एमाले, धादिङ - २ पुरुष , ६३ बर्ष उम्मेदवारी : प्रतिनिधिसभा सदस्य

२०१७ साउनमा धादिङको चैनपुरमा जन्मिएका खेम लोहनी पढैयामध्येका एक कम्युनिस्ट नेता हुन् । अंग्रेजीमा एमएड र ग्रामीण विकासमा एमए उनी विद्यावारिधि पनि सिध्याउने क्रममा छन् ।

विद्यार्थी राजनीतिबाट वामपन्थी आन्दोलनमा आएका लोहनी २०३६ सालमा महेन्द्ररत्न क्याम्पस ताहाचलमा नेकपा (माले)को विद्यार्थी संगठन अनेरास्ववियुको प्रारम्भिक कमिटी अध्यक्ष र स्ववियुको कोषाध्यक्ष भएका थिए । २०३९ मा अनेरास्ववियु वागमती अञ्चल क्षेत्रीय कमिटीको उपाध्यक्ष भएका उनी २०४२ सालमा प्रजातान्त्रिक राष्ट्रिय एकता मञ्च, धादिङको अध्यक्ष बनेर जिल्लामा संगठन विस्तारमा सक्रिय भए ।

२०४७ सालमा उनी प्रजातान्त्रिक राष्ट्रिय युवा संघ (हाल राष्ट्रिय युवा संघ)को संस्थापक धादिङ जिल्ला अध्यक्ष बने । त्यही साल पार्टीको जिल्ला कमिटी सदस्य भएका उनले २०५१ देखि २०५४ सम्म जिल्ला कमिटी उपसचिवको जिम्मेवारी पाए ।

लोहनी २०४९ सालमा जिल्ला विकास समितिको सभापतिमा उम्मेदवारी दिएर पराजित भए । २०५४ मा भने उनी त्यो कुर्सीमा पुग्न सफल भए ।

उनी २०६९ फागुनमा नेकपा (एमाले)को धादिङ जिल्ला अध्यक्ष र पार्टीको नवौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भए । उनी जिल्ला अध्यक्ष रहेको बेला २०७० मा भएको निर्वाचनमा धादिङका तीनवटै क्षेत्रमा एमालेका उम्मेदवार विजयी भएका थिए ।

हाल लोहनी एमालेको केन्द्रीय कमिटी सदस्य र धादिङ जिल्ला इञ्चार्ज छन् । नेपाल–चीन हिमालय मैत्री समाजको केन्द्रीय सदस्य एवम् धादिङ जिल्ला अध्यक्ष समेत रहेका उनी सुशासन, क्षमता अभिवृद्धिलगायत विषयका प्रशिक्षक समेत हुन् ।

२०७४ सालमा वाम गठबन्धनको बलमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका लोहनी यसपटक राप्रपाको साथमा दोस्रो जित निकाल्न चाहन्छन् । अघिल्लो कार्यकाल प्रतिनिधिसभा सदस्यका रूपमा लोहनी संसदमा राज्यव्यवस्था तथा सुशासन समिति, राज्यका निर्देशक सिद्धान्त नीति दायित्व अनुगमन, महिला बालबालिका तथा सामाजिक समिति, निरीक्षण तथा मूल्याङ्कन समिति सदस्य रहे ।

यसपटक लोहनीको प्रतिस्पर्धा नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीसँग हुँदैछ । अधिकारी सत्ता गठबन्धनका साझा उम्मेदवारको रूपमा चुनावी मैदानमा छन् ।

गत वैशाख ३० मा भएको स्थानीय निर्वाचनमा धादिङ–१ मा एमालेले कुनै पनि पालिका प्रमुख र उपप्रमुख जित्न सकेन । उक्त चुनावमा वडाध्यक्षका उम्मेदवारहरूले पाएको दलगत मतमा कांग्रेस अगाडि छ ।

कांग्रेसले २९ हजार ९६५, एमालेले २५ हजार ९३८, नेकपा (माओवादी केन्द्र) ले १४ हजार ३८०, राप्रपाले ५ हजार २८७, नेकपा (एकीकृत समाजवादी)ले ३ हजार ४५६, जनता समाजवादी पार्टी (जसपा)ले १ हजार ६० भोट पाएका छन् ।

स्थानीय चुनावको नतिजा अनुसार धादिङ–१ सत्ता गठबन्धनसँग ४८ हजारभन्दा बढी मत छ भने एमाले–राप्रपाको मत ३१ हजार आसपास हुन्छ । यो लोहनीको लागि प्रतिकूलता हो । राप्रपासँगको चुनावी तालमेल भने उनको अनुकूलता हो ।

अधिकारीले अवसर जति आफूले मात्र लिएको भन्दै धादिङ कांग्रेसभित्र रहेको असन्तुष्टि पनि लोहनीको अनुकूलता हो ।

राप्रपाको साथ र कांग्रेसभित्रको असन्तुष्टिको उपयोग गर्न सक्दा लोहनी दोस्रो पटक पनि संसद प्रवेश गर्न सक्छन् ।

Full Read

धादिङ - २ का उम्मेदवारहरु

२०७९ २०७४
रामनाथ अधिकारी
धादिङ, धादिङ - २
बर्ष: ६१, पुरुष
गठबन्धन: कांग्रेस गठबन्धन
विजयी ३४६५९
खेम प्रसाद लोहनी
धादिङ, धादिङ - २
बर्ष: ६३, पुरुष
गठबन्धन: एमाले गठबन्धन
२४१४२
वसुमाया तामाङ
धादिङ, धादिङ - २
बर्ष: ५१, महिला
गठबन्धन:
५५५९
मेकरमान तामाङ्ग
धादिङ, धादिङ - २
बर्ष: ४१, पुरुष
गठबन्धन:
२४७
शंकर दर्जी
धादिङ, धादिङ - २
बर्ष: ६०, पुरुष
गठबन्धन:
२१४
धन माया तामाङ
धादिङ, धादिङ - २
बर्ष: ३०, महिला
गठबन्धन:
११०९
बर्ष: ४९, पुरुष
गठबन्धन:
९२
सरोज बुढाथोकी
धादिङ, धादिङ - २
बर्ष: ३४, पुरुष
गठबन्धन:
५२
स‌ंजय दुवाडी
धादिङ, धादिङ - २
बर्ष: ३५, पुरुष
गठबन्धन:
१६
टिका निधि काप्री
धादिङ, धादिङ - २
बर्ष: ४८, पुरुष
गठबन्धन:
६९
बाबु कृष्ण श्रेष्‍ठ
धादिङ, धादिङ - २
बर्ष: ६१, पुरुष
गठबन्धन:
रमेश पौडेल
धादिङ, धादिङ - २
बर्ष: ३८, पुरुष
गठबन्धन:
१४
हरिप्रसाद घिमिरे
धादिङ, धादिङ - २
बर्ष: ४६, पुरुष
गठबन्धन:
२०
दुर्ग कुमार शाक्य
धादिङ, धादिङ - २
बर्ष: ४९, पुरुष
गठबन्धन:
३०
खेम प्रसाद लोहनी
धादिङ , धादिङ - २
बर्ष: ५८ , पुरुष
गठबन्धन:
नेकपा एमाले
विजयी ३६२५६ मत
दिलमान पाख्रिन
धादिङ , धादिङ - २
बर्ष: ५६ , पुरुष
गठबन्धन:
रुद्र बहादुर गेलाङ मगर
धादिङ , धादिङ - २
बर्ष: ४४ , पुरुष
गठबन्धन:
चन्द्रिका देवी लिम्बु
धादिङ , धादिङ - २
बर्ष: ३५ , महिला
गठबन्धन:
राम बहादुर सिलवाल
धादिङ , धादिङ - २
बर्ष: ५४ , पुरुष
गठबन्धन:
धन बहादुर तामाङ
धादिङ , धादिङ - २
बर्ष: २६ , पुरुष
गठबन्धन:
भरत ढुं‌गाना
धादिङ , धादिङ - २
बर्ष: ४० , पुरुष
गठबन्धन:

चुनावी समाचार

  • https://sepuh.diaryuindra.ac.id/
  • >