निकटतम् प्रतिस्पर्धीले मैदान छाडे, प्रतिष्पर्धाले छाडेन
Battleground Analysis
अनुकूलता
- अघिल्लो निर्वाचनका प्रतिद्वन्द्वी यो क्षेत्रबाट नउठ्नु
- संगठन विस्तार
- संसदीय राजनीतिमा अनुभव
प्रतिकूलता
- जसपा नेपाल र लोसपाको एकता
- पार्टी भित्रको असन्तुष्टि
- घट्दो रापताप
राजनीतिक स्वभाव र शैली
बौद्धिक विद्रोही
बेलायतको क्याम्ब्रिज युनिभर्सिटीबाट विद्यावारिधि गरेका वैज्ञानिक। अमेरिकाको सुखद जीवन छोडेर मधेशको मुद्दा उठाउन नेपाल आएका।
रूपान्तरण
सुरुमा 'स्वतन्त्र मधेश' को विखण्डनकारी नारा लिएर हिँडे पनि २०७५ मा राज्यसँग सम्झौता गरी मूलधारको राजनीतिमा आएर शान्तिपूर्ण प्रतिस्पर्धाको बाटो रोजेका।
किसान र रोजगार केन्द्रित
राजनीतिमा 'नौलो गणतन्त्र', 'भक्तराज' र 'किसान आन्दोलन' जस्ता फरक एजेन्डा स्थापित गर्न खोज्ने। उनको राजनीति परम्परागत मधेशवादी दलभन्दा सेवा प्रवाहमा बढी केन्द्रित छ।
कठोर अनुशासक
पार्टीभित्र कडा अनुशासन लागू गर्न खोज्ने, जसका कारण कहिलेकाहीँ आन्तरिक विद्रोह (जस्तै: सतिश सिंहको विद्रोह) पनि निम्तिएको छ।
चुनावी इतिहास
| निर्वाचन | क्षेत्र | प्रतिस्पर्धी | प्रतिस्पर्धी मत | प्राप्त मत | मतान्तर | नतिजा |
|---|---|---|---|---|---|---|
| २०७९ | सप्तरी-२ | उपेन्द्र यादव | १६९७९ | ३५०४२ | १८०६३ |
|
राजनीतिक टाइमलाइन
स्वतन्त्र मधेश गठबन्धन घोषणा
पुल्चोक क्याम्पस (बीई), क्याम्ब्रिज युनिभर्सिटी (पीएचडी)। अमेरिकामा वैज्ञानिकका रूपमा कार्यरत। २०६८ सालमा नेपाल फिर्ती र 'स्वतन्त्र मधेश गठबन्धन' को घोषणा।
राज्य विप्लवको मुद्दा
राज्य विप्लवको मुद्दा, पटक–पटक गिरफ्तारी, जेल जीवन र भूमिगत शैलीको राजनीति।
ओली सरकारसँग ११ बुँदे सहमति
केपी शर्मा ओली नेतृत्वको सरकारसँग ११ बुँदे सहमति गरी विखण्डनको एजेन्डा त्याग र खुला राजनीतिमा अवतरण।
जनमत पार्टी गठन
ओली नेतृत्वको सरकारसँग ११ बुँदे सहमतिपछि जनमत पार्टी गठन ।
प्रतिनिधिसभा सदस्य निर्वाचित
सप्तरी–२ बाट जसपा अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर मतान्तरले हराउँदै प्रतिनिधिसभा सदस्य निर्वाचित।
सडकदेखि सदनसम्म
सडक आन्दोलन र सरकार (संघ/प्रदेश) दुवै मोर्चामा सक्रिय। मधेश प्रदेशमा मुख्यमन्त्री (सतिश सिंह) बनाएर सत्ता अभ्यास।
चन्द्रकान्त राउतको प्रोफाइल पढेर तपाईंलाई कस्तो लाग्यो ?



